वेपत्ता जहाजका पाइलटको मोबाइलमा घन्टी गएको छ, लोकेसन ट्रेसिङ गरिदैँ

वेपत्ता जहाजका पाइलटको मोबाइलमा घन्टी गएको छ, लोकेसन ट्रेसिङ गरिदैँ

  • Kanchan News

  • आइतवार, जेष्ठ १५, २०७९

  • 59
    SHARES
वेपत्ता जहाजका पाइलटको मोबाइलमा घन्टी गएको छ, लोकेसन ट्रेसिङ गरिदैँ

पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको सम्पर्कविहीन जहाजका पाइटल प्रभाकर घिमिरेको मोबाइल फोन लागेको छ । तर, उनको फोन ‘रिसिभ’ भएको छैन ।

सम्पर्कविहीन भएको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।

उनले भने,‘हामीले खोजी कार्यलाई तीव्रता दिइरहेका छौं । स्थल र हवाइ मार्गबाटै खोजी गरिरहेका छौं । पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरेहको पाइएको छ । हामीले त्यही अनुसार लोकेसन ट्रेसिङ गरिरेहका छौं ।’ धावालागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News