तनहुँको व्यासमा पुनः मतगणना गर्ने मागको रिटमा कारण देखाउ आदेश

तनहुँको व्यासमा पुनः मतगणना गर्ने मागको रिटमा कारण देखाउ आदेश

  • Kanchan News

  • शुक्रबार, जेष्ठ १३, २०७९

  • 70
    SHARES
तनहुँको व्यासमा पुनः मतगणना गर्ने मागको रिटमा कारण देखाउ आदेश

तनहुँको ब्यास नगरपालिकाको फेरि मतगणना गर्न माग राख्दै मेयरका पराजित उम्मेदवार दीपकराज जोशीले हालेको रिटमा उच्च अदालत पोखराले प्रतिवादीहरुसँग कारण मागेको छ ।

उच्च अदालतले पोखराले आज रिट निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो त्यसको कारणसहित १५ दिनभित्र जवाफ पेश गर्न निर्वाचन आयोगसहितका विपक्षीहरुलाई आदेश दिएको हो ।

व्यास नगरपालिकाको मेयरमा जोशी नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेको १२ हजार ७८ मत आउँदा जोशीको ११ हजार ८२६ मत आएको थियो ।

जोशीले यसअघिको मतगणना बदर गरी दोहो¥याएर मतगणना गरिपाउँ भन्दै उच्च अदालतमा आयोग, न्यौपानेसहित ५ जनलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News