सरकारले ल्याएको नीथि तथा कार्यक्रम चास्नीमा नडुवाएको जेरी जस्तो छः ओली

सरकारले ल्याएको नीथि तथा कार्यक्रम चास्नीमा नडुवाएको जेरी जस्तो छः ओली

  • Kanchan News

  • बिहिबार, जेष्ठ १२, २०७९

  • 74
    SHARES
सरकारले ल्याएको नीथि तथा कार्यक्रम चास्नीमा नडुवाएको जेरी जस्तो छः ओली

पा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीथि तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुवाएको जेरी जस्तो भएको टिप्पणी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग दिँदै उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुवाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’

नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसका नमुनाहरु रहेको उनले बताए ।

उनले नीति तथा कार्यक्रममा व्याकरण समेत नमिलेको आरोप लगाए । ओलीले भने, ‘६५ पृष्ठमा १४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ ध्यान नदिई वर्णमालाका अक्षरहरुभित्र रहेर हेर्दा व्याकरणीय अशुद्धता, संगती नमिल्नु, अर्थ निस्किँदै ननिस्कने आधा वाक्यहरु छन् ।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News