पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम रहेको छ
गठबन्धनका उम्मेदवार आचार्यले पछिल्लो मत परिणाम अनुसार ४१ हजार ७०५ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले ३८ हजार ३१० मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवार आचार्यले ३ हजार ३ सय ९५ मतको अग्रता रहेको छ ।
मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ६९० मत प्राप्त गर्नुभएको छ । मेयर पदका स्वतन्त्र उम्मेदवार (अटेरी अभियानका अभियान्ता) खडकराज पौडेलले दुई हजार ६ सय ४९मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ४३ हजार ६१६ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ । गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९२० मत प्राप्त गर्नुभएको छ । एमाले उमेदवार गुरुङको १ हजार ६ सय ९६ मतले अग्रता लिनुभएको छ । राप्रपाकी उम्मेदवार रञ्जना सेनले ४ हजार ६ २९ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमै राप्रपाकी रञ्जना कुमारी सेनले ४ हजार ९ मत प्राप्त गर्नुभएको छ । एक लाख एक हजार १२१ मत गणना भएको छ । पोखरा महानगर पालीकामा १ लाख ४ हजार २ सय १२ मत गणना भइसकेको छ ।
महानगरका ३३ वडा मध्ये २१ वडाको परिणाम आँउदा कांग्रेस १५ र एमाले ६ वटा वडामा विजयी हुन सफल भएको छ ।
कांग्रेसले महानगरका २, ३, ४, ७, ९, १०, १२, १३, २३, २४, २५, २६, १४, २८, ३० वडामा विजयी भएको छ भने एमाले १, ५, ६, ८, १५ र २० वडामा विजयी भएको छ । अहिले, १६, १७, २९, ३१, ३२ र ३३ वडाको मतगणना जारी छ ।