यी हुन गण्डकी प्रदेशका ३ पालिकामा निर्वाचित महिला प्रमुख

यी हुन गण्डकी प्रदेशका ३ पालिकामा निर्वाचित महिला प्रमुख

  • Kanchan News

  • शुक्रबार, जेष्ठ ६, २०७९

  • 85
    SHARES
यी हुन गण्डकी प्रदेशका ३ पालिकामा निर्वाचित महिला प्रमुख

पोखरा

गण्डकी प्रदेशका ८५ ओटा स्थानिय तह मध्ये तिन ओटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् । प्रदेशका १५ ओटा पालिका प्रमुखमा महिलाको उम्मेदवारी परेता पनि तिन ओटा पालिका प्रमुखमा बाहेक अन्यत्र भने महिला उम्मेदावर पराजीत हुनुपर्यो । ३ मात्र पालिकामा महिला प्रमुखमा निर्वाचित हुनेहरुमा नवलपुरको हुप्सेकोट गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे, पर्वतको मोदी गाउँपालिकामा नेकपा एमालेकी उम्मेदवार हीरादेवी शर्मा र बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गण्डकी थापा हुनुहुन्छ । स्थानीय तह निर्वाचन २०७९ उहाँहरु तिन जना पालिका प्रमुखमा निर्वाचित भएको निर्वाचन काार्यलयले जनाएको छ ।
अन्य स्थानमा पालिका प्रमुख पदमा उम्मेदावरी दिएका १२ महिलाहरु भने पराजित हुनुभयो । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष पदमा हरिमाया तिमिल्सिनाले नेकपा माओवादी केन्द्रबाट, पुतलीबजार नगरपालिका स्याङ्जामा सीमाकुमारी क्षेत्री नेकपा एमाले बाट, स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा माया रानाले कांग्रेसका तर्फबाट, अर्जुनचौपारी गाउँपालिकामा चीनमाया गुरुङ एमाले बाट, भीरकोट नगरपालिकामा रेखा बस्याल माओवादी केन्द्रको तर्फबाट पालिका प्रमुखमा उम्मेदवारुी दिनुभएको थियो । त्यस्तै तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा कांग्रेसबाट मायादेवी राना आले, गोरखा नगरपालिकामा एमालेबाट सम्झना देवकोटा, म्याग्दीको धौलागिरी गाउँपालिकामा एमालेबाट थम्सरा पुन, रघुगंगा गाउँपालिका अध्यक्षमा मीना विक, मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेपाली कांग्रेस बाट छिरिङ ओङमा घले, मुस्ताङको थासाङ गाउँपालिकामा नेपाली कांग्रेस बाट बालकुमारी शेरचनले पालिका प्रमुखमा उम्मेदवारी दिनुभएको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News