सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गर्‍यो: एमाले

सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गर्‍यो: एमाले

  • Kanchan News

  • आइतवार, जेष्ठ १, २०७९

  • 89
    SHARES
सत्ता गठबन्धनले निर्वाचनमा धाँधली  गर्‍यो: एमाले

स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएका हुन् ।विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भएको आरोप लगाइएको छ ।त्यस्तै, उदयपुरको त्रियुुगा नगरपालिका वडा नं. १२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको एमालेको आरोप छ । प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको एमालेको जिकिर छ ।

त्यस्तै पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नांगो नाच देखाएको एमालेले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पुर्‍याउन जानेक्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको छ । कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको समेत पाइयो ।’

एमालेले निर्वाचनको दिन मतदान सुरु हुनेक्रममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकै पटक हस्ताक्षर गराई धाँधली गर्ने कार्य गरिएको भन्दै निर्वाचनमा कर्मचारी खटाउँदा नेपालगञ्ज महानगर लगायतका केही स्थानमा पूर्व तयारीसाथ प्रहरीदेखि अन्य कर्मचारीसमेत गठबन्धनको पक्षधरलाई राख्ने जस्ता कार्य भएको जनाएको छ । एमालेले स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग समेत गरेको छ । ‘केही स्थानमा मतगणना गर्दा खसेको मत भन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्य भए,’ विज्ञप्तिमा भनिएको छ ।

रातोपाटी बाट


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News