कास्कीका सबै मतदानस्थलमा निर्वाचन सामाग्रीहरु पुगे

कास्कीका सबै मतदानस्थलमा निर्वाचन सामाग्रीहरु पुगे

  • Kanchan News

  • मङ्लबार, बैशाख २७, २०७९

  • 114
    SHARES
कास्कीका सबै मतदानस्थलमा निर्वाचन सामाग्रीहरु पुगे

कास्कीका सबै मतदानस्थलमा निर्वाचन सामाग्रीहरु पु¥याईसकिएको छ । कास्कीका मतदान स्थल तथा केन्द्रहरुमा ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार मतपेटिका, मतपत्र लगायत आवश्यक समाग्री लगिएको हो । निर्वाचन सामग्रीसहित कास्कीमा २ हजार ६ सय ८५ कर्मचारी स्थानीय चुनावमा खटिएका छन् । कास्कीको पोखरा महानगरका,मादी, अन्नपूर्ण, माछापुच्छ«े र रुपा गाउँपालिकाका सबै मतदानस्थलमा कर्मचारी सहति निर्वाचन सामाग्री लगिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले मतदान स्थलमा आवश्यक पर्ने ६४ वटा सामग्रीसहित कास्कीका सबै मतदान केन्द्रमा कर्मचारी पठाइसकेको गण्डकी प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘निर्वाचन कार्यालयलयले मतदान स्थलमा आवश्यक पर्ने सियोदेखि सलाईंसम्मका ६४ प्रकारका सामग्री राखेको छ,’ पराजुलीले भने, ‘जसमा स्वस्तिक छाप, लाहा ४ थानको १ प्याकेट, मतपेटिका सुरक्षण सिल, मतपेटिका स्टिकर, स्टयाम्प प्याड, मतपेटिका ८५ लिटरको, प्लास्टिकको बोरा, थैलो, कोरा कपडा र कोरा कपडाको थैली पठाएको छ ।
एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी खाटाईएको छ भने आवश्यकता नेपाली सेना, शसस्त्र प्रहरी नेपाल प्रहरी र म्यादी प्रहरी पनि खटाईएको छ । कास्कीमा ३ सय ३६ मतदान केन्द्र छन् भने १ सय ५० मतदानस्थल रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News