स्थानिय तह निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमाले निकट नेपाल राष्ट्रिय युवा संघ विहादी गाउँपालिकाले शक्ति प्रदर्शन गरेको छ । मौन अवधि शुरु हुने दिन नजिकिदै जादा युवा संघले आफ्नो शक्ति प्रदर्शन आईतबार गरेको हो । सयौँ कार्यकर्ताहरुलाई सडकमा उतारी युवा संघले विहादीका सबै स्थानमा पुग्ने गरि बृहत ¥याली निकालेको थियो ।
¥याली पछिको कोणसभा लाई सम्बोधन गर्दै युवा नेता सुन्दर भुसालले विहादी गाउँपालिकामा एमालेको विजयी निश्चित भईसकेको ठोकुवा गरे । उनले गठबन्धनका उम्मेदवारलाई एमाले उम्मेदवारले ठुलो मतान्तरमा निर्वाचन जित्ने दाबी समेत गरे । विहादीको विकास र समृद्धिको लागि सबै विहादीवासीलाई सुर्य चिन्हमा मतदान गर्न पनि उनले आग्रह गरे ।
एमाले उम्मेदवारको जित निश्चित भईसकेकाले अन्य दलका उम्मेदवारलाई मत हालेर खेर नफाल्न पनि उनले आग्रह गरे । विहादीमा एमाले बाट अध्यक्ष पदका उम्मेदवार ओम प्रसाद कुवँर र उपाध्यक्ष पदका उम्मेदवार मिना शर्मा तिवारी सहित ६ ओटै वडाका उम्मेदवारहरुको जित निश्चित भईसकेको छ, तपाईहरुले अब अन्य दललाई मत हाल्नु भनेको मत खेर फाल्नु मात्रै हो, उनले भने, जनताको काम गर्ने, विकास गर्ने पार्टी एमाले मात्र हा, त्यसैले पनि सुर्य चिन्हमा मतदान गर्नुहोस् ।
नेता भुसालले एमालेलाई विजयी गराउने जिम्मा युवाको काँधमा रहेको बताए । समग्र विहादीलाई नमुना र सुन्दर बनाउने दिशामा सहयोग गर्न कार्यकर्ताालई आग्रह गर्दै अनुशासित र मर्यादित बनेर निर्वाचनमा खटेर लाग्न पनि युवाहरुलाई निर्देशन दिए ।नेता भुसालले एमाले सरकारले जनप्रिय काम धेरै गरेको चर्चा गर्दै देशको विकास गर्ने पार्टी एमाले मात्र भएको जनताले महसुस गरेको उनको भनाई थियो ।