गठबन्धनभित्र शीर्ष नेताकै असन्तुष्टि

गठबन्धनभित्र शीर्ष नेताकै असन्तुष्टि

  • Kanchan News

  • शनिबार, बैशाख २४, २०७९

  • 68
    SHARES
गठबन्धनभित्र शीर्ष नेताकै असन्तुष्टि

पाँच दलीय गठबन्धनले केन्द्रमा देशव्यापी तालमेल गर्ने निर्णय गरे पनि स्थानीय स्तरमा कार्यान्वयन हुन सकेन ।

केन्द्रको निर्णय विपरित अधिकांश स्थानमा सदस्य दलहरूले छुट्टाछुट्टै उम्मेद्वारी दिए । गठबन्धन भएको ठाउँमा समेत सदस्य दलहरूबाटै बागी उम्मेद्वार खडा भए ।

सदस्य दलहरूबाटै परेका बागी उम्मेदवारीले गठबन्धनका दलहरूबीच अविश्वास र असन्तुष्टि देखिएको छ । गठबन्धनतर्फका साझा उम्मेद्वारलाई भोट माग्न आयोजना गरिएका संयुक्त चुनावी सभामा समेत शीर्ष नेताहरूबाटै असन्तुष्टि व्यक्त हुने गरेको छ ।

पाँच दलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका अधिकांश नेता कार्यकर्ता अझै पनि चुनावी तालमेलको विरोध गरिरहेका छन् । भरतपुर, पोखरा, वीरगञ्ज, जनकपुर लगायतका ठाउँमा कांग्रेसभित्र तीव्र असन्तुष्टि छ ।

त्यति मात्रै होइन, गठबन्धनको भागबण्डामा आफ्नो भागमा नपरेका महत्वपूर्ण नगर र पालिकामा बागी उम्मेदवार उठेका छन् । यसले सत्तारुढ गठबन्धनभित्र अविश्वास र असन्तुष्टि देखिएको छ ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त चुनावीसभाहरूमा गठबन्धनभित्रको असन्तुष्टिलाई मत्थर पार्ने प्रयास गर्दै आइरहनुभएको छ । तर, त्यसमा उहाँ कति सम्भव हुनुभयो, त्यो मतपरिणामसँगै देखिेने नै छ ।

गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल त गठबन्धनभित्रैबाट आफ्नो पार्टी पेलिने गरेको असन्तुष्टि पोख्नुहुन्छ । सिट बाँडफाँटदेखिने आफूलाई पेलिएको भन्दै उहाँको गुनासो थियो ।

नेपाली कांग्रेसभित्र देखिएको चुनावी तालमेलविरुद्धको धारणाप्रति संकेत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तालमेलको आवश्यकता र भावनालाई आत्मसात नगरे देशकै अहितमा हुनेसमेत टिप्पणी गर्नुभयो ।

गठबन्धनका अन्य दलका नेताहरूको धारणामा बल पुग्ने गरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त गठबन्धनभित्रबाटै एमालेलाई सहयोग पु¥याउने काम भइरहेको आरोपसमेत लगाउनुभयो ।

स्थानीय तह निर्वाचनमा मतदानको समय नजिकिँदै गर्दा गठबन्धनका शीर्ष नेताहरूबाट व्यक्त अभिव्यक्तिले गठबन्धनभित्रको असन्तुष्टि प्रतिबिम्ब गरेको छ । गठबन्धनभित्रको यो असन्तुष्टिको असर मतपरिणाममा पर्ने आशंका गर्न थालिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News