पर्यटन बाटै विहादीको समृद्धि खोज्दै एमाले, यस्तो छ पर्यटन प्याकेजको कार्यक्रम

पर्यटन बाटै विहादीको समृद्धि खोज्दै एमाले, यस्तो छ पर्यटन प्याकेजको कार्यक्रम

  • Kanchan News

  • शुक्रबार, बैशाख २३, २०७९

  • 209
    SHARES
पर्यटन बाटै विहादीको समृद्धि खोज्दै एमाले, यस्तो छ पर्यटन प्याकेजको कार्यक्रम

विहादी गाउँपालिका पर्वत जिल्लाको दक्षिण भेगमा अवस्थित एक अत्यान्तै सुन्दर गाउँपालिका हो । विहादी बहुभाषिक,प्राकृतिक सौन्दर्यता तथा ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक विविधताले सम्पन्नशाली गाउँपालिका हो । रमणीय र पर्यटकीय स्थल, थरिथरिको समाज अनि एकता, फरक भूगोल, धार्मिक विविधता विहादी गाउँपालिकाको अपरिभाष्य विशेषता हो । उत्तर तर्फ देखिने माछापुच्छ«े र धौवलागिरी हिमाल,दक्षिण तर्फ देखिने मन्द गतिमा बग्ने कालिगण्डकी नदी तथा कालिगण्डकी जलविधुत आयोजनाका क्रममा बनेको ताल, लट्टरम कृषि उत्पादन गरिरहेका फाँट,प्राकृतिक मनमोहक छटा,मननै लोभ्याउने प्राकृतिक डाँडा,खोला नाला,गुफा र झर्नाहरुले यस गाउँपालिकाको शोभा बढाईरहेका छन् । यस ठाउँका मौलिकता बोकेका अकर्षक बस्तीहरुले सामाजिक एकता, सदुभाव र सहिषुणताको सन्देश प्रवाह गरिरहेका छन् । बाईसे चौबिसे राजाहरुको पालामा अधिन स्थल मानिने यो गाउँपाकिलका धार्मिक, प्राकृतिक तथा पुरातात्वि सम्पदाको खुल्ला संग्रालय जस्तै हो । विहादी गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएकाले पनि पर्यटनलाई समृद्धिको आधार मानेर आगाडी बढ्ने एमाले विहादीको प्रतिबद्धता छ । आफुले निर्वाचन जिते एमाले विहादीले पर्यटन क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्ने बताएको छ । हेर्नुस पर्यटनमा गर्ने कामहरु

  1. नेपाल सरकार र प्रदेश सरकारले घोषणा गरेको एक सय गन्तव्य भित्र पर्ने विश्वकै ठुलो शालिग्राम शिला यस गाउँपालिकाको मुख्य पर्यटकिय स्थल हो । नेपाली भक्तजनहरुको आस्थाको धरोहर मानिने शालिग्राम दर्शन गर्न बर्षमा लाखौँ मानिसहरु यहाँ आउने गरेका छन् । बैशाख र माघे संक्रान्ती तथा ठुली एकादशीमा बिशेष मेला लाग्ने यस ठाउँमा बाह्य तथा आन्तरिक पर्यटकको घुईचोनै लाग्ने गर्दछ । कालिगण्डकी करिडोर सँग जोडिएको यस स्थानमा कालिगण्डकी जलविद्युतका क्रममा बनेको तालमा सञ्चालित स्टीम्वरहरु चढेर अलौकिक आनन्द लिन पाईने हुदाँ यहाँका पर्यटकहरु आईरहने गर्दछन् । पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त स्थानमा पर्यटनमैत्री क्रियाकलाप सञ्चालन गरिने छ ।
  2. हरेक बर्ष बर्षातको समयमा कालिगण्डकीको बाढी र छालका कारण शिला शालिग्रामको अस्तित्व संकटमा परेकोले यसको संरक्षण र सम्वद्र्धनमा बिशेष प्रथामिकता दिईने छ भने शिला शालिग्रामको परिक्रमा स्थल जीर्ण तथा भत्किएर तिर्थालु तथा पर्यटकहरुलाई परिक्रमा गर्न अबरोध भएकोले सहज ढंग बाट शिला शालिग्रामको परिक्रमा गर्न मिल्ने बनाईने छ ।
  3. गाउँपालिकामा रहेको सबैभन्दा उचाइमा पर्ने गोल्र्याङधामलाई इकोटुरिजमको रुपमा विकास गरिनेछ ।
  4. बाईसे चौबिसे राज्यताकाको ऐतिहासिक लुङरिङ्गकोटको पुनःनिर्माण थालिने छ ऐतिहासिक कालमा यहाँ रहेको सभ्यता र शासन प्रणालीबारे उक्त स्थानमा संग्रहालय स्थापना गरी पर्यटन क्षेत्रको विकास गरिने छ । यसको ऐतिहासिकताको बारेमा प्रचार प्रसारलाई व्यापक बनाईनेछ ।
  5. विहादी गाउँपालिकाको उराममा पर्ने शिवपुरी धाममा आवश्यक पर्यटन पूर्वाधारको काम थालनि गरिनेछ ।
  6. आस्थाको धरोहर मानिने खड्ग देवी मन्दिर, बच्छेश्वर मन्दिर, बच्छेश्वरकोट, छापाकोट मन्दिर, गौरा देवीथान, गौरा देवी मन्दिर , रम्भादेवी मन्दिर र रानिपानि दरवार गुफामा केही पूर्वाधार निर्माणको काम सम्पन्न भईसकेकोले त्यहाँको धार्मीक महिमा र महत्वको प्रचार प्रसार गरीने छ भने आवश्यक पुर्वाधार निर्माणका कामलाई अगाडी बढाईनेछ ।
  7. देउराली डाँडाको मन्दिरलाई पुनः निर्माणको लागि आवश्यक पहल गरिनेछ ।
  8. लुङरिङ लामाचौर÷देउराली डाँडामा अत्याधुनिक विद्युतिय एक भ्युटावर निर्माण गरिनेछ
  9. शितल गुफामा पूर्वाधार निर्माणको सबै काम सकिएकोले त्यसको दैनिक व्यवस्थापनमा लागिने छ ।
  10. ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरूको संरक्षण गर्दै पूर्वाधार विकासबाट पर्यटकहरूलाई आकर्षित गरिने छ ।
  11. जैविक र सांस्कृतिक विविधता एवम् प्राकृतिक सौन्दर्यको अध्ययन–अवलोकनको लागि विहादीलाई परिचित गराउँदै पर्यटन उद्योगको प्रवद्र्धन गरिनेछ ।
  12. पर्यटकहरूको संख्या व्यापक रुपमा बढाउन विहादी गाउँपालिकाकामा रहेका पर्यटकीय स्थललाई जोडी पर्यटन प्याकेजको कार्यक्रम ल्याईनेछ ।
  13. पर्यटन गतिविधि बढाउदै पर्यटक तान्न कालिगण्डकी नदिमा ¥याफ्टिङ लाई व्यवस्थित र नियमित गराईनेछ ।
  14. विहादी गाउँपालिकाको लामाचौर बाट प्याराग्लाईडिङको सफल परिक्षण पश्चात प्याराग्लाईडिङ नियमित उडानका लागि भौतिक पूर्वाधारको काम सम्पन्न भएकोले नियमित उडानको लागि संबन्धित कम्पनीहरु सँग छलफल गरी सम्झौता बमोजिम नियमित उडानको व्यवस्था मिलाईनेछ ।
  15. क्याम्प फायर गर्न चाहने पर्यटकहरका लागि पर्यटकको रोजाईका स्थानमा टेण्ट हाउस देखि आवश्यक सबै सुविधाको प्रबन्ध गरिनेछ ।
  16. आन्तरिक पर्यटनलाई प्रोत्साहन गरिने छ । पर्यटनका विकासका लागि आवश्यक जनशक्ति तयार गर्न पहल गरिनेछ ।

होमस्टे र पदमार्ग

  1. विहादी गाउँपालिकाका बच्छेश्वर, सालडाँडा, छाप र गेप्ताङमा रहेका सामुदायिक होमस्टेहरुलाई व्यवस्थित गर्दै यहाँको संस्कृतिलाई सम्वद्र्धन र प्रवद्र्धन गरिने छ ।
    होमस्टेलाई थप व्यवस्थित गर्न तालिम तथा पूर्वाधार निर्माणमा सहयोग गरिने छ भने पर्यटकहरुलाई होमस्टेमा सधै अर्गानिक खानाको व्यवस्था मिलाईनेछ ।
  2. होमस्टेलाई पर्यटन विकासको मेरुदण्डको रुपमा लिईने छ र सोही अनुरुपका क्रियाकलाप गरिनेछ । होमसटे आउने अतिथिको स्वागत सत्कारको लागि लक्षित गर्दै त्यस्तो किसिमको तालिम सञ्चालन गरिनेछ ।
  3. यहाँ आउने पर्यटकलाई आतिथ्यता प्रदान गर्न सबै नागरिकले पर्यटकालाई सम्मन तथा सहयोग गर्ने निति लिईनेछ ।
  4. निर्माणको चरणमा रहेको गाईथुने हदै बच्छेश्वर पदमार्गलाई यो बर्ष पूर्णता दिईनेछ ।
  5. कालिगण्डकी—आपालय—रम्भादेवी हुदै लामाचौर जाने पदमार्ग निर्माण गरिनेछ ।
  6. सेतीवेणी—सिमल भञ्ज्याङ—छापाकोट जाने पदमार्गको सबै काम सम्पन्न गरिनेछ ।
  7. खड्ककोट भलुवाकुण्ड—शितल गुफा हुदै देउराली—लुङरिङकोट पदमार्ग तथा डुड—उरामपोखरा हुदै लुङरिङकोट पदमार्गको विकास गरिनेछ ।
    यहाँका लामा तथा छोटा पदमार्गहरु बाट विहादी गाउँपालिकालाई हाईकिङ हवको रुपमा परिचित गराईनेछ ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News