एमाले विहादीको प्रतिबद्धताः अति विपन्नलाई दशैँ भत्ता, घरवारबिहिन लाई आवासको व्यवस्था

एमाले विहादीको प्रतिबद्धताः अति विपन्नलाई दशैँ भत्ता, घरवारबिहिन लाई आवासको व्यवस्था

  • Kanchan News

  • सोमवार, बैशाख १९, २०७९

  • 79
    SHARES
एमाले विहादीको प्रतिबद्धताः अति विपन्नलाई दशैँ भत्ता, घरवारबिहिन लाई आवासको व्यवस्था

नेकपा एमालले विहादी गाउँपालिकामा आफुले निर्वाचन जिते अति विपन्न परिवारको पहिचान गरि नेपालीहरुको महत्वपुर्ण चाड बडादशैँ मान्न दशैँ खर्चको व्यवस्था गर्ने बताएको छ । एमाले विहादी गाउँपालिकाको पाँच बर्षे घोषणा पत्रमा प्रत्येक वडामा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम समेत गर्ने उल्लेख छ । त्यस्तै आधुनिक प्रविधि सँग रमाउने बनाउन ७५ बर्ष पुगेका जेष्ठनागरिकहरुलाई एक मोबाईल फोन वितरण गर्ने समेत कार्यक्रम अगाडी सारेको छ । साना बालबालिकाहरुको लागि छुट्टै मन्टेश्वरी विद्यालयको व्यवस्था गर्ने देखि घरवारबिहीन दलित तथा गरिब परिवारलाई आवासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै फरक क्षमता भएका व्यक्ति प्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन गरिने छ । शिक्षा, सीप विकास र रोजगारीबाट उनीहरूभित्रको विशेष क्षमतालाई उजागर गर्न विशेष कार्यक्रम संचालन गरिने छ ।एमालेले विहादी गाउँपालिका अध्यक्षमा ओमप्रसाद कुँवर र उपाध्यक्षमा मिना शर्मा तिवारीलाई उठाएको छ ।

यी हुन एमाले विहादीले जेष्ठ नागरिक, फरक क्षेमता भएका, अशक्त र पछाडि परेका वर्ग तथा समुदायको उत्थान तथा सामाजिक सुरक्षाको क्षेत्रमा आफुले चुनाव जिते गर्ने कामहरु

  1. प्रत्येक वडा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गरिनेछ ।
  2. ७० बर्ष पुगेका जेष्ठ नागरिक तथा एकल महिला र ६० बर्ष पुगेका दलितहरुलाई नेपाल सरकारले दिदै आएको मासिक बृद्धाभत्तामा थप व्यवस्था गरिनेछ
  3. आधुनिक प्रविधि सँग रमाउने बनाउन ७५ बर्ष पुगेका जेष्ठनागरिकहरुलाई एक मोबाईल फोन वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।
  4. “घरदैलोमा जेष्ठ नागरीक स्वास्थ्य परामर्श सेवा”कार्यक्रम सञ्चालन गरिनेछ ।
  5. समाजबाट जातीय भेदभाव तथा छुवाछुत पूर्ण रूपमा उन्मूलन गर्न व्यवाहरिक रुपमा पुर्ण कार्यान्यवय गरिनेछ ।
  6. दलित समुदायको हक अधिकारसम्बन्धी कानुन र नीति योजनाको कार्यान्वयन प्रभावकारी तुल्याउँदै समाजमा न्याय र समानता स्थापना गरिने छ ।
  7. दलित समुदायका परम्परागत पेशा, कला र सीपको संरक्षण, सम्बद्र्धन गर्दै तिनको आधुनिकीकरण र व्यावसायिकीकरण गरिने छ ।
  8. घरवारबिहीन दलित समेतका लागि आवास को व्यवस्था मिलाईनेछ भने रोजगारीको व्यवस्थामा प्रथामिकता दिईनेछ ।
  9. फरक क्षमता भएका तथा अशक्त र पिछाडी परेको वर्गको हक हितको लागि छुट्टै निति कार्यक्रम सञ्चालन गरिनेछ । उनीहरुलाई प्रथामिकतामा राखेर कार्ययोजना बनाईनेछ ।
  10. गाउँपालिका भित्र वसोवास गर्ने जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका र अशक्तहरुको जिवनयापनमा सहजता ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  11. फरक क्षमता भएका व्यक्ति प्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन गरिने छ । शिक्षा, सीप विकास र रोजगारीबाट उनीहरूभित्रको विशेष क्षमतालाई उजागर गर्न विशेष कार्यक्रम संचालन गरिने छ ।
  12. फरक क्षमता भएका व्यक्तिहरूलाई सर्वकालिन सामाजिक सुरक्षाको दायरामा ल्याइने छ ।
  13. बालबालिका शान्ति क्षेत्रको अवधारणालाई आत्मसात् गर्दै उचित माया र वातावरणमा हुर्किन पाउने अधिकारको ग्यारेन्टी गरिने छ ।
  14. साना बालबालिकाहरुको लागि छुट्टै मन्टेश्वरी विद्यालयको व्यवस्था गरिनेछ ।
  15. पछाडि परेका वर्ग तथा समुदायको सहभागिता, विचार तथा आवश्यकतालाइ वेवास्ता गर्ने सामाजिक परिपाटीको पूर्ण अन्त्य गरि उनीहरुको लागि छुट्टै प्रकारको व्यवस्था मिालईनेछ ।
  16. गाउँपालिका भित्रका एकल पुरुषलाई मासिक रु. १००० भत्ता दिने व्यवस्था मिलाईनेछ ।
  17. अति विपन्न परिवारको पहिचान गरि दशैँ खर्चको व्यवस्था मिलाईनेछ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News