निर्वाचनमा होमिएको नेकपा एमाले विहादी गाउँपालिकाले पाँच बर्षे घोषणा पत्र सार्वजनिक गरेको छ । पाँच दलिय गठबन्धन सँग एक्लै चुनाव लड्न लागेको एमालेले आफु निर्वाचन जिते पाँच बर्षमा गर्ने कामहरुको प्रतिबद्धता जनाउदै घोषणा पत्र सार्वजनिक गरेको हो । एमाले विहादीले एकल पुरुषलाई मासिक एक हजार र महिलालाई पाँच सय भत्ता थप गर्ने बताएको छ । आफुहरुले निर्वाचन जिते विहादी भित्रका प्रत्येक वडा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गर्ने देखि ७० बर्ष पुगेका जेष्ठ नागरिक तथा एकल महिला र ६० बर्ष पुगेका दलितहरुलाई नेपाल सरकारले दिदै आएको मासिक बृद्धाभत्तामा थप व्यवस्था गर्ने भएको हो । घरदैलोमा जेष्ठ नागरीक स्वास्थ्य परामर्श सेवा”कार्यक्रम सञ्चालन गर्ने समेत बताएको छ ।
एमालेले विहादी गाउँपालिका अध्यक्षमा ओमप्रसाद कुँवर र उपाध्यक्षमा मिना शर्मा तिवारीलाई उठाएको छ ।