पोखरामा कांग्रेसको कार्यालय तोडफोड,२३ कार्यकर्ता पक्राउ

पोखरामा कांग्रेसको कार्यालय तोडफोड,२३ कार्यकर्ता पक्राउ

  • Kanchan News

  • शुक्रबार, बैशाख १६, २०७९

  • 76
    SHARES
पोखरामा कांग्रेसको कार्यालय तोडफोड,२३ कार्यकर्ता पक्राउ

कांग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ पार्टी कार्यालय चिप्लेढुंगाबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । निर्वाचनको विषयमा पार्टीभित्र विवाद उत्पन्न भएपछि कार्यकर्ताले कार्यालयमै ढुंगामुढा गरेका थिए ।पक्राउ परेका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालयमा के कति क्षति पुगेको छ भन्ने एकिन तथ्यांक आइसकेको छैन ।

पार्टी कार्यालयका अनुसार सभापतिको कुर्ची, टेवल लगायतका सामग्री र झ्यालका सिसा तोडफोड गरिएको छ । ‘यदि ठूलै क्षति पुगेको भए पार्टी कार्यालयबाट नै जानकारी आउला,’ उनले भने, ‘हामी पनि अनुसन्धानमा लागेका छौं ।’ पार्टीसँग सम्बन्धित विषय भएकाले पार्टी निर्णयअनुसार उनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । दिउँसो पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजानिक गर्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले अवरोध गरेका थिए । वडा तहमा भागबन्डा नमिलेको भन्दै उनीहरुले नाराबाजीसहित अवरोध गरेका हुन् ।

संयुक्त घोषणपत्र सार्वजानिक कार्यक्रमपछि पार्टी कार्यालयमा छलफल गरिएको थियो । पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णय भएपछि कांग्रेस कार्यकर्ता रुष्ट बन्दै आएका थिए । तालमेलमा उपप्रमुख कांग्रेसले पाउने र वडामा आफूखुसी उम्मेदवार उठाउने निर्णयले उनीहरु मत्थर भएका थिए । पार्टी केन्द्रबाटै गठबन्धन मिलेर जाने निर्देशन भएपछि पुन: गठबन्धनको बैठकले केही वडा माओवादी र समाजवादीलाई पनि दिने सहमति भएको थियो । उक्त विषयमा असन्तुष्टि जनाउँदै कांग्रेस कार्यकर्ता असन्तुष्टि बनेका हुन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News