सरकारले आगामी १ जेठदेखि सातामा दुई दिन बिदा दिने

सरकारले आगामी १ जेठदेखि सातामा दुई दिन बिदा दिने

  • Kanchan News

  • बुधबार, बैशाख १४, २०७९

  • 99
    SHARES
सरकारले आगामी १ जेठदेखि सातामा दुई दिन बिदा दिने

सरकारले आगामी १ जेठदेखि सातामा दुई दिन बिदा दिने भएको छ । खासगरी सार्वजनिक खर्च कटौतीको उद्देश्यले यस्तो निर्णय लिएको र यसलाई परीक्षणका रुपमा कार्यान्वयन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेपछि यसको खरिदका लागि नेपालबाट ठूलो मात्रामा रकम विदेशिन थाल्यो । जसले विदेशी विनिमय सञ्चितीमै असर परेपछि इन्धन खपत कम गर्ने विकल्पस्वरुप नेपाल आयल निगमले केही समयअघि सरकारलाई एक दर्जन सुझाव दिएको थियो । जसमध्ये एक थियो–दुई दिन सार्वजनिक बिदा दिने ।

सरकारले यही सुझावलाई आधार मानेर हप्तामा दुई दिन विदाको निर्णय गरेको देखिन्छ । सञ्चारमन्त्री कार्कीका अनुसार अब कार्यालय समय बिहान साढे ९ बजे सुरु हुनेछ र साँझ साढे ५ बजेसम्म चल्नेछ । अब कर्मचारीले हप्तामा ५ दिन र दिनमा ८ घण्टा काम गर्नुपर्नेछ ।

हाल आइतबारदेखि बिहीबारसम्म विहान १० बजेदेखि ५ बजेसम्म र शुक्रबार १० बजेदेखि ३ बजेसम्म गरी कर्मचारीले एक हप्तामा ४० घण्टा काम गर्दै आएका छन् । दुई दिन विदा दिए पनि हप्तामा कर्मचारीले काम गर्ने समय भने ४० घण्टा नै पुग्ने सरकारको दाबी छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News