
नेकपा एमाले बाट पर्वतको विहादी गाउँपालिकाकाे अध्यक्ष पदका उम्मेदवार ओम प्रसाद कुँवर र उपाध्यक्ष पदका उम्मेदवार मिना कुमारी तिवारीले बाईसे चाैबिसे राज्यताकाकाे ऐतिहासिक लुङरिङकाेटकाे पुजा अर्चना गर्दै चुनावी प्रचार,प्रसार अभियानमा लाग्नुभएको छ । साेमबार विहादी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार दर्ता गराउनुभएका उहाँहरुले मंगलबार लुङरिङकाेटकाे पुजा अर्चना गरि चुनाव प्रचार प्रसारमा लाग्नुभएको हाे । उहाँहरू सँगै वडा नं. ५ उरामका अध्यक्ष पदका उम्मेदवार ख्याम थापाले पनि काेटकाे दर्शन गर्नुभएको छ । लुङरिङकाेट यश क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकिय स्थल हाे । पुजा अर्चना गर्दै उहाँहरुले लुङरिङकाेटकाे पुनः निर्माणको काम पहिलो प्राथमिकतामा राखेर गर्ने बताउनुभयाे । लुङरिङकाेटलाई पर्यटकिय स्थलकाे रुपमा विकास गर्दै लैजाने उहाँहरुले प्रतिबद्धता जनाउनुभयाे ।
साथै उहाँहरुले ऐतिहासिक देउराली मन्दिरको दर्शन समेत गर्नुभएको छ ।