देशभर ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता

देशभर ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता

  • Kanchan News

  • सोमवार, बैशाख १२, २०७९

  • 146
    SHARES
देशभर ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता

आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि साँझ ७ः३० बजेसम्म ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दिएको दुई दिनको समयमा महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा २१ सय १८ र उपप्रमुख पदमा १३ सय १८ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै, गाउँपालिकाको अध्यक्षको पदका लागि २२ सय २१ र उपाध्यक्ष पदका लागि १५ सय ४४ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

वडाध्यक्ष पदमा १७ हजार ७०१ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा २४ हजार ३०९ जनाको उम्मेदवारी परेको आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।महिला सदस्य पदमा ११ हजार ६५५ तथा दलित महिला सदस्यमा १० हजार ३७१ जनाको उम्मेदवारी दर्ता भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News