एमाले बाट विहादी गाउँपालिकाको अध्यक्षमा ओम प्रसाद कुँवर र उपाध्यक्षमा मिना कुमारी तिवारीको उम्मेदवारी दर्ता

एमाले बाट विहादी गाउँपालिकाको अध्यक्षमा ओम प्रसाद कुँवर र उपाध्यक्षमा मिना कुमारी तिवारीको उम्मेदवारी दर्ता

  • Kanchan News

  • सोमवार, बैशाख १२, २०७९

  • 729
    SHARES
एमाले बाट विहादी गाउँपालिकाको अध्यक्षमा ओम प्रसाद कुँवर र उपाध्यक्षमा मिना कुमारी तिवारीको उम्मेदवारी दर्ता

नेकपा एमाले बाट विहादी गाउँपालिकाको अध्यक्षमा ओम प्रसाद कुँवर र उपाध्यक्षमा मिना कुमारी तिवारीले उम्मेदावरी दर्ता गराउनुभएको छ । एमालेले विहादी गाउँपालिकामा उहाँहरुलाई उठाउने निर्णय गरेसँगै अध्यक्ष कुँवर र उपाध्यक्ष तिवारीले निर्वाचन कार्यलयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कुँवर २०५४ सालमा तत्कालिन गा.वि.स. बर्राचौरका उपाध्यक्ष र २०७४ को निर्वाचनमा वडा नं. २ बर्राचौरको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष कुँवरलाई एमालेले पालिका अध्यक्षमा उम्मेदवार उठाएको हो । त्यस्तै तिवारी स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्थ्यो भने महिलाहरुको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक स्थिती बलियो बनाउदै महिला सशक्तिकरणका लागि निरन्तर काम गर्दै आउनुभएको छ ।
उम्मेदवारी दर्ता गराउदै अध्यक्ष पदका उम्मेदवार कुँवरले स्थानीय तहको विकास र सुशासनलाई थप उचाइ दिन, सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त बनाउन र विहादी गाउँपालिकालाई समृद्ध बनाउन सुर्य चिन्हमा मतदान गरि आफु लगाएतको टिमलाई बिजयी गराउन विहादीवासीलाई अनुरोध गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News