![एमालेले गैँडाकोट नगरपालिकाको मेयरमा पुन: छत्रराज पौडेललाई उठाउने](https://kanchannews.com/wp-content/uploads/2022/04/chatra-raj22.jpg)
नेकपा एमालेले गैँडाकोट नगरपालिकाको मेयरमा छत्रराज पौडेललाई उठाउने निर्णय गरेको छ। नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई पुन : मेयर पदमा उठाउने निर्णय गरेको नेकपा एमाले गैँडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कंडेलले उज्यालो खबरलाई जानकारी दिनुभयो ।
जिल्ला प्रदेश र केन्द्रका नेताहरुका विचमा कसलाई गैँडाकोटको मेयर बनाउने भन्नेमा पोखरामा केहिदिनदेखि घनिभुत रुपमा छलफल चलेको थियो ।मेयर पदका लागि आकाक्षां राखेका नेकपा एमालेका जिल्ला उपसचिव यमुनाथ अचार्य, जिल्ला सदस्य गोपालप्रसाद गौतम र छत्रराज पौडेलको नामावली प्रदेश पठाइएको थियो ।
यो खबर तयार पार्दासम्म उपमेयर पदमा भने कसैको नाम आएको छैन । नेकपा एमाले र अन्य दलहरुका विचमा गठबन्धनको प्रयास भैरहेकोले उपमेयर पदको टुंगो नलागेको हो ।