
पोखराको मेयरमा नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले वागी उम्मेदवारी दर्ता गराएका छन् । पोखरा १४ निवासी कार्कीले आज निर्वचन कार्यालयमा वागी उम्मेदवारी दर्ता गराएका हुन ।कार्की नेपाली कांग्रेस पोखरा नगर समितिका पूर्व सभापति हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा कांग्रेसका मतदातालाई हँसिया हतौडामा, पोखरामा कलममा र गोरखामा आँखामा भोट हाल्न बाध्य पारेको विरुद्ध आफूले उम्मेदवारी दर्ता गराएको कार्कीले बताएका छन् । कुनै पनि दबाब र प्रभावमा आएर उम्मेदवारी फिर्ता नलिने कार्कीले जनाएका छन् ।
सत्ता गठबन्धनले पोखराको मेयरमा एकिकृत समाजवादीका धनराज आचार्यलाई उठाउने निर्णए गरेको छ । समाजवादीलाई मेयरको टिकट दिएको भन्दै नेपाली काङग्रेस कास्कीले बिरोध गरेको छ । उनको बागी उम्मेदवारीले एमालेलाई भने फाईदा पुग्ने भएको छ ।