
गठबन्धनको नाममा पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार अरुलाई दिएको भन्दै नेपाली कांग्रेस कास्कीका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका छन् । सत्ता गठबन्धन बिच पोखरा महानगरपालिकाको मेयर एकिकृत समाजवादीलाई दिने सहमति भएपछि कांग्रेस वडा सभापतिहरुले मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नारावाजी गरेका हुन् ।
महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका छन् ।
पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली कांग्रेसभित्र चरम विवाद छ । केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकले स्वीकार्न नसकिने जिल्ला सचिव भानुभक्त ढकालले बताउनुभयो ।