नेपाल लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल चीन सीमापार रेल सेवा सपना नभएर यथार्थ भएको बताएकी छिन् । अहिले सम्भाव्यताको अध्ययन रहेको सीमापार रेल वैज्ञानिक रुपमा सम्भव हुनुपर्ने उनले बताइन् ।योजनाहरु सहज रुपमा गए ५-६ वर्षमा सीमापार रेल सञ्चालन हुने बताएकी छिन् । अहिले सीमापार रेलको विषय वैज्ञानिक सम्भाव्यताकै चरणमा रहेको बताइन् । राजदूत होउले रेल जस्तो ठूलो लगानी विषयमा गर्दा नीतिगत स्थायित्व आवश्यक पर्ने बताएकी छन् ।
‘रेल लिंकको विषयमा वैज्ञानिक सम्भाव्यता अध्ययन हुनुपर्छ । म कूटनीतिज्ञ हुँ । त्यस विषयमा विज्ञ होइन । सम्भाव्यता अध्ययन विज्ञहरुले गरिरहेका छन्,’ होउले भनिन्, ‘सबै विषय सहज रुपमा गए अध्ययनको विषयमा ५-६ वर्षमा सम्पन्न हुनेछ ।’
कुनै दिन एक अर्कासँग सीमापार रेल हुने बताउँदै उनले यसका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताइन् । यो ठूलो लगानीको विषय भएको पनि उनको भनाइ थियो ।
उनले हिमाली क्षेत्रको वातावरणको विषयमा पनि प्रमुख चासो रहेको बताइन् । ‘यो विश्वकै सबैभन्दा कमजोर वातावरण भएको ठाउँ हो,’ उनले भनिन्, ‘वैज्ञानिक रुपमा सम्भावना अध्ययन हुनुपर्छ । रेल सपना होइन यथार्थमा आउँछ । ’