ललितपुरको अक्सिजन प्लान्ट विष्फोट हुदाँ एक मजदुरको मृत्यु

ललितपुरको अक्सिजन प्लान्ट विष्फोट हुदाँ एक मजदुरको मृत्यु

  • Kanchan News

  • बिहिबार, बैशाख ८, २०७९

  • 78
    SHARES
ललितपुरको अक्सिजन प्लान्ट विष्फोट हुदाँ एक मजदुरको मृत्यु

ललितपुरस्थित पाटन ओैधोगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्ट उधोगमामा विष्फोट भएको छ । अक्सिजन भर्ने क्रममा बिहीबार बिहान विष्फोट हुँदा एकजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्दिविक्रम शाहले अन्नपूर्णलाई जानकारी दिए।

उनका अनुसार विष्फोटबाट एकजना मजदुरको मृत्यु भएको हो । सातजना घाइते भएका छन् । घटनास्थलमै रहेका प्रवक्ता शाहले भने,’ विष्फोटबाट टिनले छाएका घरहरु भत्किएका छन् । धेरै सिलिन्डरहरु विष्फोट भएका छन्। घाइतेको उद्दार भइरहेको छ।’

मृतक तथा घाइतेको परिचय भने खुलिसकेको छैन। घाइतेलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ। प्रहरीका अनुसार घटनाको पूर्ण विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News