मेयर पद नपाए एकल उम्मेदवारी दिने हेटौंडा कांग्रेसको चेतावनी

मेयर पद नपाए एकल उम्मेदवारी दिने हेटौंडा कांग्रेसको चेतावनी

  • Kanchan News

  • बुधबार, बैशाख ७, २०७९

  • 118
    SHARES
मेयर पद नपाए एकल उम्मेदवारी दिने हेटौंडा कांग्रेसको चेतावनी

स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमतिप्रति नेपाली कांग्रेसको नगर समितिले असहमति जनाएको छ ।

उक्त सहमतिले नेपाली कांग्रेसका कार्यकर्ताको मनोभावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै कांग्रेसले निर्णयलाई पनरावलोकन गरी कांग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरुबीच सहमति गर्न माग गरेको छ ।

यो निर्णयको पुनरावलोकन नभएमा हेटौंडामा गठबन्धनका दलहरुसँग मित्रवत प्रतिस्पर्धा गर्ने कांग्रेसले बताएको छ ।हेटौंडा उपमहानगरपालिका समितिका नगर सभापति उत्सव इटनीले विज्ञप्ति जारी गरी नगर समितिका पदाधिकारी र सबै वडाका सभापतिको बैठकले मेयरको टिकट नपाए गठबन्धनका दलहरुसँग कांग्रेस मित्रवछ प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News