सेयर बजार ३६ अंकले घट्यो

सेयर बजार ३६ अंकले घट्यो

  • Kanchan News

  • बुधबार, बैशाख ७, २०७९

  • 110
    SHARES
सेयर बजार ३६ अंकले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक फेरि ओरालो लागेको छ। सबै समूहको सूचक घटेर बजार राताम्मे भएको छ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३६.७३ अंकले घटेर नेप्से २३२०.५१ विन्दुमा अडिएको छ।

अघिल्लो कारोबार दिन मंगलबार १३.३७ अंकले बढेर नेप्से दुई हजार ३५७.२४ मा पुगेको थियो। एक अर्ब ३२ करोड ६८ लाख बढीको सेयर कारोबार भएको थियो। आज नेप्से घटेपनि मंगलबारको तुलनामा कारोबार रकम केही सुधार देखिएको छ।

बुधबार २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँमा किनबेच भयो। नेप्सेका अनुसार बुधबार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ। यसदिन वित्त समूहको सर्वाधिक ३.८२ प्रतिशतले सेयर मूल्य ओरालो लाग्यो।

बैंकिङ ०.७२, व्यापार ०.०७, होटल तथा पर्यटन २.२५, विकास बैंक २.६१, जलविद्युत् २.१२, वित्त ३.८२, निर्जीवन बीमा १.५८, उत्पादन १.४८, अन्य ३.०५, लघुवित्त १.५३, जीवन बीमा १.९३, सामूहिक लगानी कोष ०.०५ र लगानी १.५१ प्रतिशतले उकालो लागेको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय शीर्षस्थानमा रह‍यो। सो कम्पनीको १४ करोड १९ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो। यसदिन दुई कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। ग्रीन भेन्चर र जल्पा सामुदायिकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जलपा र सामुदायिक लघुवित्त वित्तीय संस्‍था परेका छन्।

आज नेष्डो समृद्ध लघु्वित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले घट्यो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News