गठबन्धनमा किचलै किचलो, भरतपुरको मेयरमा माओवादीलाई सहयोग नगर्ने चितवन काङग्रेसको चेतावनी

गठबन्धनमा किचलै किचलो, भरतपुरको मेयरमा माओवादीलाई सहयोग नगर्ने चितवन काङग्रेसको चेतावनी

  • Kanchan News

  • बुधबार, बैशाख ७, २०७९

  • 155
    SHARES
गठबन्धनमा किचलै किचलो, भरतपुरको मेयरमा माओवादीलाई सहयोग नगर्ने चितवन काङग्रेसको चेतावनी

सत्ता गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय हुदाँ चितवनका कांग्रेस नेताहरूले भने भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग नगर्ने बताएका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइरहेको भन्दै पार्टीले त्यस्तो निर्णय नै गर्न नसक्ने र पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार समेत त्यस्तो निर्णय गर्न नमिल्ने बताएका छन् ।

‘चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा उम्मेदवारी दिनुपर्छ भन्ने हो । यो जनचाहनालाई ध्यानमा राखेर चितवनका सम्पूर्ण कांग्रेसजनले भावना तथा विचार व्यक्त गरिरहनुभएको छ,’ कोइरालाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘कांग्रेस भरतपुरका २९ वटै वडा, महानगर कार्यसमिति र चितवन जिल्ला कार्यसमितिले समेत चितवनमा मेयर कांग्रेसले पाउनुपर्ने निर्णय लिएका छन् । त्यसैले कांग्रेसले नै भरतपुरको मेयर पदमा उम्मेदवारी दिन्छ । कांग्रेस केन्द्रले पनि चितवनका समस्त कांग्रेसजन र आम जनताको विचार तथा भावना विपरित अन्य पार्टीलाई मेयरमा समर्थन गर्न सक्दैन ।’

भरतपुरमा कांग्रेसले गत निर्वाचनमा पनि माओवादी केन्द्रलाई सघाएको थियो । त्यसबेला कांग्रेसबाट उम्मेदवारी दिइसकेका कोइरालाको उम्मेदवारी सभापति शेरबहादुर देउवाले केन्द्रबाट पत्राचार गरेर फिर्ता लिएका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News