पोखराको मेयर कुनै हालतमा नछाड्ने अडान लिएको नेकपा एकीकृत समाजवादीसँग कांग्रेसको तालमेल टुटेको छ । महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा गर्न केन्द्रमा सत्ता गठबन्धनको बैठक चलिरहेका बेला यहाँ भने तालमेल टुटेको हो । केन्द्रमा स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा पोखराको मेयरमा समाजवादीले दाबी छाडेको छैन ।
केन्द्रको बैठक निष्कर्षविहीन हुँदा पोखरामा भने कांग्रेसले एकीकृत समाजवादीसँग मित्रवत प्रतिष्पर्धा गर्ने र एक्लाएक्लै हिँड्ने निर्णय गरेको कास्की कांग्रेस सचिव भानु ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ।
“मित्रवत् प्रतिस्पर्धा गरौँ । कास्की जिल्लाको गठबन्धन दलबाट एकीकृत समाजवादी पार्टीसँग सँगसँगै अगाडि बढ्न सकिएन । त्यसकारण यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मित्रवत् प्रतिष्पर्धा गर्न नेपाली कांग्रेस कास्कीको अपिल उनले ” लेखेका छन् ।