
स्थानिय तहको निार्वाचनको मिति नजिकिदै जादाँ राजनितिक दलहरुका चुनावी गितहरु पनि सार्वजनिक हुदै गएका छन् । राजनितिक दल सँग विचार मिल्ने कलाकारहरुले गित बनाईरहेका छन । निर्वाचन प्रचारका लागि विभिन्न भाषामा गीतसंगीत तयार भएका छन् । गीतसंगीतले मतदाताको ध्यानाकर्षण गराउन सजिलो हुने भएकाले राजनीतिक दलहरूले प्रचारप्रसारका लागि गितहरु प्रयोग गर्नेगर्छन ।
यसै क्रममा नेकपा एमाले पार्टीलाई सहज बनाउने गित बजार आएको छ जुन हो परमादेशको गठबन्धन फालौँ, यसपाली त सुर्यमा भोट हालौँ । राम प्रसाद अवस्थी र पूर्णकला बिसीले गाएको उक्त गित सार्वजनिक भएको हो । जुन गितमा राम प्रसाद अवस्थीको शब्द र लय रहेको छ ।
लिपुलेक लिम्पियाधुरा कालापानी पुरै, जमिन फिर्ता ल्याउने कुरा छ अधुरै
परमादेशको गठबन्धन फालौँ, यसपाली त सुर्यमा भोट हालौँ ।।
बिग्रिएको अर्थतन्त्र स्वाभिमानका कुरा, एमालेको सरकार आए हुन्छ सबै पुरा
परमादेशको गठबन्धन फालौँ, यसपाली त सुर्यमा भोट हालौँ ।।
युवालाई रोजगारी हुन्छ, बा आमाालाई भक्ता, गरिबी उन्मुलन गर्न चालउने छौँ सत्ता । जस्ता शब्द समेटिएको छ ।
अरु सबै सुन्न र हेर्न यो भिडियो हेर्नुहोस् ।