
नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् । घोराही उपमहानगरपालिका मेयरका आकांक्षीसमेत रहेका गौतमले भने, ´माओवादी केन्द्र अहिले जुन बाटोमा हिँडेको छ, यो बाटो वामपन्थी लाइनमा छैन । माओवादी दक्षिणपन्थी यात्रामा हिँडेको छ, त्यसैले मैले माओवादी केन्द्र छाड्ने निर्णय लिँए ।’
सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए ।
उनी ०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए ।