गण्डकी प्रदेशका सभामुखालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

गण्डकी प्रदेशका सभामुखालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

  • Kanchan News

  • शुक्रबार, बैशाख २, २०७९

  • 170
    SHARES
गण्डकी प्रदेशका सभामुखालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

पोखरा
निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । अधिकारीले एक कार्यक्रममा ढाँटेर चुनाव खर्च विवरण पेस गरेको बताए पछि उहाँलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे स्पप्रष्टीकरण मागेको हो । अधिकारीलाई पत्र काटेर ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन आयोगले भनेको छ ।

२०७४ सालको निर्वाचनमा आफूले ढाँटेर खर्च विवरण आयोगमा पेस गरेको सभामुख अधिकारीले एक कार्यक्रममा बताउनुभएको थियो । उहाँले ढाँटेर चुनाव खर्च पेस गर्न बाध्य भएको बताउदै प्रणालीको विकास गर्न जरुरत रहेको धारणा राख्नुभएको थियो । २०७४ सालमा निर्वाचन आयोगले प्रदेश सभा सदस्यका उम्मेदवारले बढीमा १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो । तर उक्त रकम भन्दा बढी रकम खर्च गरेर चुनाव लड्नुपर्ने बाध्यता सिर्जना भएको सभामुख अधिकारी को भनाई थियो । २०७४ सालको निर्वाचनमा अधिकारी पर्वत १ को ख बाट निर्वाचित हुनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News