पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवार छनौट गर्न एमालेले निर्वाचन गर्दै

पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवार छनौट गर्न एमालेले निर्वाचन गर्दै

  • Kanchan News

  • शुक्रबार, बैशाख २, २०७९

  • 223
    SHARES
पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवार छनौट गर्न एमालेले निर्वाचन गर्दै

पोखरा

नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदको सिफारिसको लागि आज मतदान गर्ने भएको छ । नगरप्रमुख र उपप्रमुख छनोटमा सहमति जुट्न नसकेपछि एमाले महानगर कमिटीले नगर प्रमुख र उपप्रमुख पदको सिफारिसका लागि मतदान गर्ने भएको हो ।
मेयर र उपमेयरमा आकांक्षी धेरै हुदाँ व्यवस्थापन गर्न कठिन भएपछि मतदान बाट उम्मेदवार छनोट गर्नुपर्ने भएपछि शुक्रवारका लागि एमाले कास्कीले पार्टीभित्रै निर्वाचन गर्ने भएको हो । एमाले महानगर कमिटीले नगर प्रमुख र उपप्रमुख पदको सिफारिसका लागि निर्वाचन कमिटी गठन गरी निर्वाचन कार्य तालिका नै सार्वजनिक गरेर पार्टीको तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन लागेको हो । गण्डकी प्रदेशको एक मात्र र। भुगोलको हिसाबले देशको सबै भन्दा ठुलो महानगरपालिका तथा प्रदेशको राजधानी समेत रहेको पोखरामा एमाले बाट मेयर बन्ने आकंक्षा धेरैले देखाएका छन् ।
पोखरा महानगरको मेयरमा प्रदेश सांसद कृष्ण बहादुर थापा,पुष्पज्योति ढुङ्गाना,मिनाकुमारी गुरुङ,दीपक पौडेल, वडा नं. १३ का अध्यक्ष दर्शन लामा र सावित्री भण्डारीले दाबी गर्नुभएको छ । त्यस्तै उपमेयरकामा पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टीकाराम पङ्गेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेललेले दाबी गर्नुभएको छ ।
महानगर कमिटीका एक सय १० जना सदस्यको मतदानका आधारमा उम्मेदवार सिफारिस सूची तयार हुनेछ । पार्टीभित्र आकाङ्क्षा व्यक्त गरेकाहरूले शुक्रबर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ । निर्वाचनका लागि बिहीबार साँझ मतदाताको नामावली प्रकाशन गरिएको छ । निर्वाचन समतिले मतदाता नामावली उपर दाबी विरोध, मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारका लागि सूचना प्रकाशन तथा दाबी विरोध उपर छानबिन र निर्णय देखि अन्तिम मतदाता नामावली प्रकाशनको काम सकिकिसकेको छ ।
निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारको दरखास्त फारम वितरण ९ देखि ९ः१४ सम्म, उम्मेदवारको दरखास्त फाराम दर्ता ९ः१५ देखि १० बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन शुक्रवार बिहान १० बजे, उम्मेदवारको विरोधमा उजुरी दिने बिहान १०ः१५ देखि १०ः३० सम्म र उजुरी उपर छानबिन र निर्णय बिहान १०ः४५ बजेलाई तोकिएको थियो ।
त्यस्तै उम्मेदवारको नामावली पुन प्रकाशन बिहान १०ः४५ बजे, उम्मेदवारको नाम फिर्ता बिहान १०ः५० देखि ११ः१५ सम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रवारै बिहान ११ः१५ बजेसम्म र मतदान दिउसो १२ बजेदेखि १ बजेसम्मका लागि तय गरिएको निर्वाचन कमिटीले कार्य तालिका सार्वजनिक गरेको छ। ।
मतदानपछि मतगणना र परिणाम प्राप्त हुने बित्तिकै मत परिणाम घोषणा गरिने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो । एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर वैशाख ३० गतेभित्रै उम्मेदवार टुङ्ग्याउन निर्देशन दिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News