क्याम्प फायरको लागि उत्कृष्ट गन्तव्य स्थल “विहादीको लामाचौर”

क्याम्प फायरको लागि उत्कृष्ट गन्तव्य स्थल “विहादीको लामाचौर”

  • Kanchan News

  • बुधबार, चैत्र ३०, २०७८

  • 295
    SHARES
क्याम्प फायरको लागि उत्कृष्ट गन्तव्य स्थल “विहादीको लामाचौर”

क्याम्प फायर गरेर आन्नद लिने पर्यटकहरुको लागि पर्वतको विहादी गाउँपालिकामा रहेको २१ सय मिटर उचाईको लामाचौर उत्कृष्ट गन्तव्य स्थल बन्न पुगेको छ । यहाँ विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । रात बिताएर आनन्द लिनेहरुको सङ्ख्या बढ्दै जान थालेसँगै यसलाई नाइट फायरक्याम्पका रूपमा लिन थालिएको हो ।
हप्ताभर काम गरेर एक दिन आराम लिन चाहने सरकारी कर्मचारी तथा व्यवसायीहरुले उक्त स्थानमा नाइट क्याम्प फायर गरेर बस्न सक्नेछन् । उक्त स्थानमा रात बिताएर मनोरञ्जन लिनेहरूको सङ्ख्या पनि हिजो आज बढ्न थालेको हो । हप्ताभरको कार्यबोझले तनाव भएको मनस्थिति र शरीरलाई आराम दिन तथा रमाईलो गर्न नाइट क्याम्प फायरका लागि उक्त स्थान उत्कृष्ट छ । त्यहाँ क्याम्प फायर गर्न जाने मानिसहरुले केहीँ लैजानु पर्दैन आवश्यक भाडाकुडाँ स्थानिय समूहले व्यवस्था गरिदिन्छ भने लोकल खसी बोका वा कुखुरा्, हाँस समेत स्थानियलाई सम्पर्क गरे व्यवस्था गरिदिन्छन् । क्याम्प फायर गर्न आवश्यक टेण्ट हाउस,पानी, बिजुली र पसल पनि त्यहाँ उपलब्ध छ ।
उक्त स्थान नजिकै प्रसिद्ध पर्यटकिय स्थल ऐतिहासिक धार्मीक महत्वको बाईसे चौबिसे राजाको पालाको लुङरिङकोट र प्रसिद्ध देउराली मन्दिर पनि छ । उक्त स्थान बाट विभिन्न हिमशृखलाहरु, दर्जनौँ पहाडका टाकुरा, गाउँ वेशीँ, फाँट, प्रकृतिक छटा लगाएतका दृश्यहरु देख्न पाईन्छ । विहादीको गा.पा. वडा नं. ५ उराम हुदै गाडी प्रयोग गरेर जान चाहनेको लागि सडक व्यवस्थित छ भने हाईकिङ्ग मन पराउनेहरुका लागि पनि रानीपानी पोखरीचौर बाट पदमार्ग प्रयोग गरि त्यहाँ पुग्न सकिन्छ ।
हप्ताभरको कोलाहल वातावरणमा काम गर्ने कर्मचारी वा अरु जोकोहीँ लाई पनि एक रात एकान्तमा बसेर आराम गर्ने स्थानको रुपमा यसलाई लिन सकिन्छ । त्यहाँ बाट देखिने मनमोहक दृश्य र वातावरणले हप्ताभरको तनाव बिर्साइदिन्छ । हप्तामा एक दिन यसरी नाइट फायर क्याम्पमा जाँदा तनाव बिर्साउनुका साथै नयाँ ऊर्जा मिलेको महसुस हुन्छ । सो स्थानबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिनुका साथै पैँयुकोट तथा पैयुँ गा.पा.का अन्य स्थानहरु पनि देख्न सकिन्छ ।

उक्त स्थानमा प्याराग्लाईडिङ्गको परिक्षण उडान सफल पश्चात भौतिक पूर्वाधार निर्माण गरि प्याराग्लाईडिङ्ग नियमित उडानको तयारी समेत गरिएको छ । गण्डकी प्रदेश सरकारको लागानीमा उक्त सथानमा प्याराग्लाईडिङ्गको लागि आवश्यक भौतिक संरचना निर्माण गरिएको हो । त्यस्तै गण्डकी प्रदेशका पुर्व मन्त्री विकास लम्सालको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बाट पनि क्याम्प फायर गर्न आउने पर्यटकलाई लक्षित गर्दै टेण्ट हाउस पनि खरिद गरिएको छ । डाँडामा क्याम्प फयर गर्दै टेण्ट हाउसमा एक रात सुतेर बिताउदाको मज्जानै बेग्लै हुन्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News