भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृतबाट रावल हटाएर अधिकारीलाई किन ल्याईयो ?

भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृतबाट रावल हटाएर अधिकारीलाई किन ल्याईयो ?

  • Kanchan News

  • मङ्लबार, चैत्र २९, २०७८

  • 64
    SHARES
भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृतबाट रावल हटाएर अधिकारीलाई किन ल्याईयो ?

स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्को न्‍यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।

अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुन् । उनीभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्‍यायाधीश छन् । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत रावलको ठाउँमा अधिकारीलाई तोकिएको जनाएको छ ।

आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत किन फेरिएको हो भन्ने बारेमा आयोगले खुलाएको छैन ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News