नेप्से परिसूचक ३४.७८ अंकले घट्यो

नेप्से परिसूचक ३४.७८ अंकले घट्यो

  • Kanchan News

  • मङ्लबार, चैत्र २९, २०७८

  • 105
    SHARES
नेप्से परिसूचक ३४.७८ अंकले घट्यो

साताको दोस्रो कारोबार मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ७८ अंकले घटेर २३ सय ८५ दशमलव ०२ अंकमा घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५२ अंकले घटेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम समेत सुस्ताएको छ । सोमबार पनि २ अर्ब माथिको सेयर कारोबार भएकोमा मंगलबार डेढ अर्बमा खुम्चिएको छ । दिनभर भएका ३१ हजार ५७६ कारोबारबाट ३७ लाख ८३ हजार २४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा रोकिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News