प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।
बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका कार्यालयले जनाएको छ । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न पाउने व्यवस्था छ तर त्यसरी नियुक्त मन्त्रीले ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।