नयाँ वर्षदेखि लागू हुने गरी तीन महिनाका लागि शनिबार र आइतबार बिदा दिने

नयाँ वर्षदेखि लागू हुने गरी तीन महिनाका लागि शनिबार र आइतबार बिदा दिने

  • Kanchan News

  • बिहिबार, चैत्र २४, २०७८

  • 364
    SHARES
नयाँ वर्षदेखि लागू हुने गरी तीन महिनाका लागि शनिबार र आइतबार बिदा दिने

 

खासगरी इन्धन खपत घटाउने उद्देश्यसहित बैठकले आगामी तीन महिनाका लागि सरकारी र सार्वजनिक कार्यालयमा शनिबार र आइतबार बिदा दिने व्यवस्था मिलाउने निर्णय भएको छ । मंगलबार अर्थ मन्त्रालयमा बसेको अर्थमन्त्रीसहितको बैठकले पेट्रोलियम पदार्थ परल मूल्यमा बेच्ने, सातामा दुई दिन बिदा दिने, रेमिट्यान्स बढाउन सुविधा थप्नेलगायत निर्णय गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्मासहित श्रममन्त्री किसानकुमार श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्यसचिव गणेश पाण्डे, डेपुटी गभर्नर बमबहादुर मिश्रलगायत सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

यस विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने र आगामी नयाँ वर्षदेखि लागू हुने अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । ती बिदाका दिनमा अत्यावश्यकबाहेकका सरकारी साधन नचलाउने निर्णय पनि बैठकले गरेको छ । बिदामा सरकारी सवारीसाधन चलाउन पास वितरण नगर्ने निर्णयसमेत भएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News