गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारीमाथि हातपात गरेका छन् । मन्त्री मनाङेले आफ्नै
मन्त्रालयका कर्मचारी सूचना अधिकारी प्रकाश ओझालाई कुटपिट गरेका हुन् । फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका शाखा अधिकृत ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन ।
मन्त्री मनाङेले कुटपिट गरेपछि ओझा मंगलबारदेखि बिदामा बसेका छन् । मन्त्री बाट हातपात र दुव्र्यवहार भएपछि मंगलबारदेखि नै बिदा बस्ने जानकारी मन्त्रालयका सचिवलाई गराएका छन् । ओझाले मन्त्री बाटनै हातपात भएपछि मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तत्कालै जानकारी गराएका थिए ।घटना बारे हामीले बुझ्न खोज्दा ओझाको फोन अफ छ ।
मनाङेले यस अघि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए ।