पाँचदलीय गठबन्धन कुहिसक्योः ओली

पाँचदलीय गठबन्धन कुहिसक्योः ओली

  • Kanchan News

  • बुधबार, चैत्र २३, २०७८

  • 124
    SHARES
पाँचदलीय गठबन्धन कुहिसक्योः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको टिप्पणी गर्नुभएको छ ।

गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उहाँको दाबी छ ।

जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उहाँले भन्नुभयो, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उहाँले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गर्नुभएको छैन ।

तर, पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो ।

ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गर्नुभयो । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ छ ।

विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । स्थानीय निर्वाचन आउन लागेको र सबै घोषणापत्र लिएर आउने भन्दै उनले अरुको घोषणापत्र हावाको हुने सुनाए ।

‘मेरो टेम्पो उड्यो भने म तपाईंलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घोषणापत्र हुन्छ,’ उहाँले भन्नुभयो, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’

एमालेको घोषणापत्र जनतासँग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने दाबी गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News