बाग्लुङको कालिका मन्दिरमा भक्तजनहरुको घुइँचो

बाग्लुङको कालिका मन्दिरमा भक्तजनहरुको घुइँचो

  • Kanchan News

  • बुधबार, चैत्र २३, २०७८

  • 99
    SHARES
बाग्लुङको कालिका मन्दिरमा भक्तजनहरुको घुइँचो

बागलुङ । चैते दशैंको नवरात्र सुरू भएदेखि बाग्लुङस्थित कालिका मन्दिरमा भक्तजनहरुको घुइँचो बढेको छ ।

स्थानीयहरु र छिमेकी जिल्लाका बासिन्दाका साथै तातोपानी, मुक्तिनाथ भ्रमण र ढोरपाटन भ्रमणमा जानेहरु समेत कालिका मन्दिरमा दर्शनका लागि आईरहेकाले भीड निकै बढेको हो ।

कालीगण्डकीमाथि बनेका लामा लामा पुल र बाग्लुङकै पञ्चकोट धाममा जानेहरु पनि कालिका दर्शनका लागि जाने गरेका छन् ।

चैत दोस्रो सातादेखि बागलुङमा आन्तरिक पर्यटकको चाप ह्वातै बढेको पर्यटन व्यवसायीहरु बताउँछन् । त्यसमाथि बाग्लुङको ऐतिहासिक चैत्राष्टमी मेलाको पूर्व सन्ध्यामा पर्यटकको संख्या बढिरहेको हो ।

चैते दशैंको अवसर पारेर आयोजना गरिने चैत्राष्टमी मेला यही २४ गते सुरू भई २८ गते समापन हुने बाग्लुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News