आर्थिक अनुशासन तोड्दै गण्डकी प्रदेश सरकार,रकमान्तर गरी टुक्रे योजनामा बजेट

आर्थिक अनुशासन तोड्दै गण्डकी प्रदेश सरकार,रकमान्तर गरी टुक्रे योजनामा बजेट

  • Kanchan News

  • मङ्लबार, चैत्र २२, २०७८

  • 237
    SHARES
आर्थिक अनुशासन तोड्दै गण्डकी प्रदेश सरकार,रकमान्तर गरी टुक्रे योजनामा बजेट

पोखरा
गण्डकी प्रदेश सरकारले राष्ट्रिय महत्वका योजनाहरुलाई बेवास्ता गर्दै टुक्रे योजनालाई प्राथमिकता दिएको छ । स्थानिय चुनावको मुखमा प्रदेश सरकारले राष्ट्रिय गौरवका योजना, वहुवर्षीय योजना तथा अन्य महत्वपूर्ण योजनाको बजेट काटेर टुक्रे योजनालाई प्राथमिकता दिदै बजेट बिनियोजन गरेको छ । चुनावको मुखमा रकमान्तर गर्दै प्रदेश सरकारले मतदाता आकर्षित गर्न तथा कार्यकर्तालाई खुसी पार्न नियम बिपरित साना टुक्रे योजनालाई बजेट छुट्याएको हो ।

सरकारले स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते तोकेको छ भने निर्वाचन आचार सहिता २५ गते बाट लागु गर्ने निार्वाचन आयोगको तयारी छ । उक्त आचारसंहिताको यही प्रावधानलाई छल्न प्रदेश सरकारले केही दिन अघि मात्र बजेट रकमान्तर गरेको हो ।
सरकारले चुनावको मुखमा बजेट रकमान्तर गर्दै टुक्रे योजनामा बजेट छुट्याएको भन्दै सोमबार बसेको प्रदेश सभाको बैठकका प्रमुख प्रतिपक्ष दल एमाले र सत्ता गठबन्धनका सांसदलेनै असन्तुष्टि जनाएका छन् । सत्तारुढ जनता समाजवादी पार्टीकी सांसद धनमाया लामाले चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि बजेट खर्च गर्न प्रदेश सरकारले नसकेको बताउदै महत्वपूर्ण योजनाको बजेट काटेर खुद्रा योजनामा रकमान्तरण गरेको भन्दै आपत्ति जनाउनुभयो ।
प्रदेश सरकारले रकमान्तरण गर्ने कार्यविधि के हो ? रकमान्तरण गर्ने कुन समय हो ? यसलाई मध्यनजर नगरिकन आफ्नो पहुँचको आधारमा बजेट विनियोजन भएको भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो । त्यस्तै एमाले सांसद तथा पुर्व भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतले सरकारले कार्यकर्ता रिझाउन राष्ट्रिय गौरवका योजनालाई काटेर टुक्रे नयाँ योजनालाई बजेट दिएको भन्दै आपत्ति जनाउनुभयो ।
बहुवर्षीय योजनाको बजेट कटौती गरी सरकारले १६ सय टुक्रे नयाँ योजनामा रकमान्तर गरेको सांसदहरुको आरोप छ । जनताको जनधनको सुरक्षासँग जोडिएका योजनाको समेत पैसा कटौती गरी कार्यकर्ता पोस्न सरकारले रकमान्तर गरेको आरोप छ ।
सरकारले पोखरा महानगरभित्रका सडक रोड फिनिसिङ गर्न २ लाख,दलित समाजघर मर्मत तथा सामग्री खरिदका लागि २ लाख, कास्कीमै पौडेल कुल मन्दिर जाने बाटोका लागि २ लाख, पीपलटारीमा किरियापुत्री भवन तथा शौचालय निर्माणका लागि २ लख बजेट विनियोजित भएको उदाहरण सांसहरुले पेश प्रदेश सभामा पेश गरेका छन् । ‘यसरी टुक्रे योजनामा बजेट ल्याउने गण्डकी प्रदेश सरकारलाई वडा कार्यालय सँग तुलना सांसहरुले गरेका छन् । राष्ट्रिय गौरवका सडक योजनामा बजेट नपर्दा अलपत्र परेको देखि अन्यपूर्वाधार निर्माणका काम बजेट अभावका कारण अलपत्र परेको सांसहरुको भनाई छ ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News