भानु जयन्ती,कोजाग्रत पूर्णिमा,प्रदेश सरकार स्थापना दिवस र चैते दसैैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

भानु जयन्ती,कोजाग्रत पूर्णिमा,प्रदेश सरकार स्थापना दिवस र चैते दसैैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • Kanchan News

  • मङ्लबार, चैत्र २२, २०७८

  • 167
    SHARES
भानु जयन्ती,कोजाग्रत पूर्णिमा,प्रदेश सरकार स्थापना दिवस र चैते दसैैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा
गण्डकी प्रदेशमा थप चार दिन सार्वजनिक विदा थपिएको छ । प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दसैैंमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिनुभयो ।
नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्म असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । आदिकवि भानुभक्त आचार्य गण्डकी प्रदेशमा जन्मिएकाले उनको सम्मान तथा सम्झनामा विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो । त्यसैगरी प्रदेशसरकारले कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दसैैंमा पनि बिदा दिने निर्णय गरेको जनाइएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News