दिनहुँ ओरालो लाग्दै सेयर बजार परिसूचक नेप्से

दिनहुँ ओरालो लाग्दै सेयर बजार परिसूचक नेप्से

  • Kanchan News

  • सोमवार, चैत्र २१, २०७८

  • 96
    SHARES
दिनहुँ ओरालो लाग्दै सेयर बजार परिसूचक नेप्से

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि आइतबारको भन्दा कारोबार रकम केही बढेर डेढ अर्ब नाघेको छ । आइतबार १ अर्ब ४६ करोडको कारोबार भएको बजारमा आज १ अर्ब ५८ करोडको कारोबार भएको छ ।

सेयर बजार परिसूचक नेप्से २५,०० अंकको बिन्दुबाट झरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा ०.५९ प्रतिशतले गिरावट हुँदा २५,०० को सर्पोट बिन्दुबाट झल झरेको हो ।

लामो समयदेखि २५,०० अंकको सपोर्टबाट उकालो लाग्ने गरेको नेप्से आज १४.८८ अंकले गिरावट भएर २४९८.५३ अंकमा बन्द भएको छ ।

आज बजारमा इमर्जिङ नेपालको ६ करोडको कारोबार हुँदा नबिल बैंकको साढे ५ करोड र सूर्या लाइफको साढे चार करोडको कारोबार भएको छ ।

आज बजारमा १९४ कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३६ कम्पनीको बढेको छ । त्यस्तै १२ कम्पनीको भने स्थिर रहेको छ । राष्ट्र उत्थान लघुवित्त र नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा इमर्जिङ नेपालको ९.१२ प्रतिशत र लिबर्टी इनर्जी लिमिटेडको २.०१ प्रतिशतले बढेको छ ।

यस्तै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य सवार्धिक ४.२८ प्रतिशतले गिरावट हुँदा प्रभु इन्स्योरेन्सको ४.०१ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको ३.४२ प्रतिशतले गिरावट भएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News