बाबुराम केसीले कुश्मा नगरपालिकाको मेयरमा उमेदवारी दिने

बाबुराम केसीले कुश्मा नगरपालिकाको मेयरमा उमेदवारी दिने

  • Kanchan News

  • आइतवार, चैत्र २०, २०७८

  • 626
    SHARES
बाबुराम केसीले कुश्मा नगरपालिकाको मेयरमा उमेदवारी दिने

समाजसेवी बाबुराम के सी ले कुश्मा नगरपालिका बाट नगरप्रमुख पदमा उमेदवारी दिने भएका छन् । उनी कुश्मा न.पा. वडा नम्बर १३ खौला लाँकुरी निवासी बासिन्दा हुन् बिगत लामो समय नेपाल प्रहरी मा नोकरी गरेका उनी केही समय अगाडि मात्रै जुनियर अधिकृत बाट रिटायर्ड भएका हुन् । उनले खौला लाँकुरि मा विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् । भगवती प्राबि र महेन्द्र प्राबिमा खेलकुद तथ स्टेसनरी सामग्री बितरण गर्दै आएका उनले दुबै स्कुलमा अक्षयकोष समेत स्थापना गरेका छन ।

विभिन्न संघ संस्था को सहयोगमा उनलेे दुबै स्कुलमा बिधार्थी लाई पोशाक समेत बितरण गरेका थिए । कोरोना महामारी ले देश थलो परेको अवस्थामा समेत खौला लाँकुरी वडा का जनप्रतिनिधि ले राहात सामाग्री बितरण नगरि खाल्डो मा गाडेका थिए । तर सोही समयमा बाबुराम ले अत्यन्तै गरिब नाजुक अवस्था का १२ घरपरिवार लाई कम्तीमा पनि एक महिना लाई पुग्ने खाध्ध सामाग्री बितरण गरेका थिए। उनलेे खौलामा मात्रै नभई फलेवास नगरपालिका कार्किनेटा निवासी मृगौला पिडित दण्ड बहादुर जि सि लाई उपचारार्थ विभिन्न संघ संस्था र ब्यक्ति को सहयोगमा ५३४००। त्रिपन्न हजार चार सय रुपैयाँ सहयोग गरेका थिए । त्यसै गरि खौला लाँकुरिका अति नै बेसाहारा छ जना बालबालिका लाई बाबा फाउन्डेसन पोखराको सहयोगमा कक्षा १२ सम्म निशुल्क शिक्षाको ब्यबस्था मिलाएका छन् ।

जनताको हरेक सुखदुःख मा साथ सहयोग दिने उनले कुश्मा नगरपालिका १३ नम्बर खौला लाँकुरीको बजेट आर्थिक अनियमितता बाहिर ल्याईदिएकन थिए जसलाई कुश्मा नगरपालिका का मेयर रामचन्द्र जोशीले ढाकछोप गरि जोगाएका थिए ।

बिधार्थी काल देखि नै ने बि संघ बाट जनता सुदर्शन मा बि ठुलिपोखरी बाट काङ्ग्रेस को राजनीति शुरु गरेका उनलेे ने बि संघ आदिकवि भानुभक्त बहुमुखी क्याम्पस तनहुँ को सदस्य समेत थिए । तर अहिले वडाको आर्थिक अनियमितता सम्बन्धमा पार्टी ले चासो नदिएको मेयरले ढाकछोप गरेको नगरपालिका को पाँच बर्षदेखिको आय ब्यय बिवरण सार्वजनिक गर्न नसकेको भन्दै केही समय तटस्थ भुमिकामा रहेका उनी भने अहिले स्वतन्त्र युवा समाज बाट नगरप्रमुख को लागि मैदानमा होमिन लागेका हुन् कुरा होइन काम गरेर देखाउने बाबुराम के सी ले यसपालि कुश्मा नगरपालिका को नगर प्रमुख मा बिजय हुन्छन् या हुँदैनन् त्यो जान्न भने ०७९ बैशाख ३० गतेसम्म कुर्नुपर्ने भएको छ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News