कास्की बाट २ लाख ८१ हजार ८ सय ३३ जनाले मतदान गर्न पाउने

कास्की बाट २ लाख ८१ हजार ८ सय ३३ जनाले मतदान गर्न पाउने

  • Kanchan News

  • बुधबार, चैत्र १६, २०७८

  • 159
    SHARES
कास्की बाट २ लाख ८१ हजार ८ सय ३३ जनाले मतदान गर्न पाउने

पोखरा
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कास्की बाट २ लाख ८१ हजार ८ सय ३३ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेको पाईएको हो ।
कास्कीमा ५३ प्रतिशत महिला र ४७ प्रतिशत मतदाता पुरुष रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लामा ४ जना तेस्रो लिङ्गी मतदाता रहेको बताइएको छ । कास्कीमा १ सय ५० वटा मतदान स्थल तोकिएको छ । कास्की जिल्लाभर १ सय ५० मतदान स्थल तोकिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जानकारी दिएको छ ।
कास्कीमा भूगोलको हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिका र ४ ओटा गाउँपालिका छन् । अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपा गाउँपालिका र पोखरा महानगरपालिका सबैमा कुल ७२ वडा छन् । कास्कीमा अघिल्लो निर्वाचनमा भन्दा ५७ हजार २१ मतदाता थपिएका छन् । आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन बाट सबै स्थानीय तहमा १÷१ जना प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरु निर्वाचित हुनेछन् ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News