युवा संघ नेपाल फलेवासको अध्यक्षमा रमेश कुमार श्रेष्ठ, युवाहरुको आशा र भरोसाको एक मात्र केन्द्र युवा संघ होः बस्नेत

युवा संघ नेपाल फलेवासको अध्यक्षमा रमेश कुमार श्रेष्ठ, युवाहरुको आशा र भरोसाको एक मात्र केन्द्र युवा संघ होः बस्नेत

  • Kanchan News

  • शनिबार, चैत्र १२, २०७८

  • 661
    SHARES
युवा संघ नेपाल फलेवासको अध्यक्षमा रमेश कुमार श्रेष्ठ, युवाहरुको आशा र भरोसाको एक मात्र केन्द्र युवा संघ होः बस्नेत

कञ्चन न्युज, पर्वत
राष्ट्रिय युवा संघ नेपाल फलेवास नगर कमिटि अध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । शनिवार भएको राष्ट्रिय युवा संघ नेपाल फलेवास नगरपालिका कमिटिको प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा प्रकाश परियार, सचिवमा बिनोद कुंवर चयन हुनुभएको छ भने उपसचिवमा निश्चल श्रेष्ठ, मिठु भुषाल र कोषाध्यक्ष गिरिजा शर्मा चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल फलेवास नगर कमिटि ४३ सदस्य बनेको छ । सदस्यहरुमा बिदान पौडेल , सुरक्षा पौडेल , बिक्कि नेपाली, बिष्णु थापा ,सिर्जना थापा, कमल लामिछाने, सुनिल के सि, सन्दिप क्षेत्रि, गोविन्द अधिकारी,पदम बहादुर क्षेत्रि, ममता परियार लगाएत हुनुहुन्छ ।
राष्ट्रिय युवा संघ नेपाल फलेवास नगर कमिटिको प्रथम अधिवेशनलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका ईञ्चार्ज महेश बस्नेतले सम्बोधन गर्नुभएको थियो । सो क्रममा उहाँले नेपाली युवाहरुको आशा र भरोसाको एक मात्र केन्द्र युवा संघ नेपाल भएको बताउनुभयो । नेता बस्नेतले ‘युवाहरुको लागी रहर लाग्दो, गलत तत्वको लागि डर लाग्दो र नेपाली जनताको लागी भर लाग्दो’ नेपालको एक मात्र युवा संघ भएको जिकीर गर्नुभयो । युवा संघमा आवद्ध भएका युवाहरु सतिसाल झै अडिग, अबिचलित, नेतृत्वमा स्थापित भएर सम्पुर्ण युवाहरुलाई टेवा दिने स्थानमा पुगेको उहाँले बताउनुभयो । नेता बस्नेतले आगामी निर्वाचनमा एमालेलाई बिजयी गराउन युवाहरुको भुमिका अतुलनिय हुने हुदाँ सक्रियताका साथ काम गर्न आग्रह गर्नुभयो ।
फरक प्रसंगमा उहाँले देश र जनताले फेरि केपी शर्मा ओलीलाई खोजिरहेको बताउनुभएको छ । देश र जनताले केपी ओलीलाई खोजिरहेका बताउदै केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिका क्षेत्रमा अभूतपूर्व काम गरेको नेता बस्नेतले बताउनुभयो ।
एमाले केन्द्रिय सदस्य तथा पर्वत ईञ्चार्ज कल्पना चापागाईंले मुलुकको विकास र समृद्धिको लागि एमाले नेतृत्वको सरकार जनताले हेर्न चाहेको बताउनुभयो ।
एमाले नेता तथा गण्डकी प्रदेशका पुर्वमन्त्री विकास लम्सालले नेकपा एमालेले देशभर बलियो बन्दै गइरहेको दाबी गर्नुभयो । जनमुखी काम गर्ने पार्टी कहिल्यै कमजोर हुन नपर्ने धारणा राख्दै लम्सालले एमाले पार्टीका विचार,सिद्धान्त र एमाले नेतृत्वको सरकारका पाला भएका विकासका काम हरुको बारेमा जनताहरुलाई मसिनो गरि बुझउन आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टी भित्रको अराजकतालाई परास्त पार्दै समग्र एमाले पार्टीलाई बलियो बनाउने गरि युवाहरु सक्रिय भएर लाग्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटि उपसचिव मन्जु अधिकारी, एमाले पर्वतका अध्यक्ष राजु प्रसाद पौडेल, एमाले प्रदेश कमिटि सदस्य द्धय देबेन्द्र पाण्डे, सुन्दर भुसाल, एमाले पर्वतका उपाध्यक्ष पदमपाणि शर्मा एमाले पर्वतका उपसचिव बिमल लामिछाने, युवा संघ पर्वतका अध्यक्ष सुनिल बानियां, युवा संघका केन्द्रिय सदस्य पुजा पौडेल लगाएतले बोल्नुभएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल फलेवास नगर कमिटिका नि.अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य एमाले फलेवास नगरकमिटि अध्यक्ष देवि प्रसाद तिमिल्सिना र कार्यक्रमको संचालन फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरी गाउँ कमिटिका सचिव जगत लामिछानेले गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News