कञ्चन न्युज, पर्वत
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले आगमी निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु तथा अनेमा संघ विहादी गाउँपालिका पर्वतको प्रथम अधिवेशन लाई शनिवार सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहनुभएका नेता बस्नेत एमालेले जनमुखी काम गरेकोले जनताको क्रेज एमाले प्रति रहेको भन्दै आगामी तिन ओटै निर्वाचनमा एमालेले अत्याधिक मतका साथ बिजयी हासिल गर्ने दाबी गर्नुभयो ।
एमाले नेतृत्वको सरकारले जनमुखी, विकासमुखी र राष्ट्रियता प्रति धेरै काम गरेको बताउदै उहाँले जनताको सेवामा सदैब लाग्ने पार्टी नेकपा एमाले मात्र भएकाले पनि जनताले एमालेलाई अत्याधिक मत दिएर विजयी गराउने बताउनुभयो ।
एमाले प्रति जनताको समर्थन र क्रेज देखेपछि अन्य राजनितिक दलहरुहरु अतालिएको बताउदै बस्नेतले एमाले सँग एक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य नेपलका कुनै राजनितिक दलहरु सँग नरहेको दाबी गर्नुभयो । “ एमाले पछिको ठुलो दल भनिने काङग्रेस एमालेको जनमत देखेपछि अतालिएको छ, उसले अन्य साना दलहरुको समर्थन लिएर एमाले सँग चुनाव लड्ने च्याखे दाउँ गरेको छ, उहाँले भन्नुभयो हेल्लो काङग्रेस के छ हाल खबर ? एमाले सँग एक्लै भिड्ने हिम्मत छ ? । जो लुरे छ, जो कमजोर छ, जो डराउटे छ, त्यस्ले एक्लै लड्ने हिम्मत गर्न नसक्ने टिपणी गर्दै नेता बस्नेतले काङग्रेसले माधव नेपाल र माओवादी पार्टीको टेकोमा धानिम्ला भन्ने च्याँखे दाउ थापेर बसेको बताउनुभयो । काङग्रेसका नेताहरुले एक्लै चुनाव लड्न तयार छौँ भनेता पनि उनीहरुले बाहीरको माहोल बुझिसकेकाले् एमाले सँग चुनावमा एक्लै भिड्ने चेष्टा गर्न छाडिसकेको टिप्पणी गर्नुभयो । बस्नेतले काङग्रेस सभापति शेर बहादुर देउवाले एमाले प्रति जनसमर्थन देखेपछि एक्लै चुनाव भिड्न डराएर गठबन्धन बिना चुनावमा जान नसकिने निस्कर्ष निकालेको बताउनुभयो । त्यस्तै उहाँले आगामी निर्वाचन पछि माधव नेपालको हरिबिजोग हुने पनि बताउनुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इञ्चार्ज कल्पना चापागाईले एमाले पार्टीले जनमुखी कामगरेकाले आगामी निर्वाचनमा एमालेलाई अत्याधिक मत दिएर बिजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
एमाले पर्वतका अध्यक्ष राजु प्रसाद पौडेलले आगामी निर्वाचनमा एमालेलाई अत्याधिक मतका साथ बिजयी गराउनको लागि सक्रिय भएर लाग्न कार्यकर्ताहरुालाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा बामपन्थी दलहरु एक ढिक्का भएर निर्वाचनमा जान आवश्यक रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य एवम् विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष सुन्दर भुसाल, युवा संघ गण्डकी प्रदेशका ईञ्चार्ज सन्तोष रावल, नेकपा एमाले पर्वतका उपसचिव शिव पौडेल, युवा संघ पर्वतका ईञ्चार्ज थमनारायण पौडेल, अनेमा संघकी नेतृ कमला पन्त, अनेरास्वव्यु पर्वतका संयोजक लकाश सुवेदी लगाएतले बोल्नुभएको थियो ।