कञ्चन न्युज,पर्वत
प्रभु बैंक विहादी शाखाले टोल टोलमा वित्तिय साक्षरता अभियान शुरु गरेको छ । सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्यका साथ विहादी गाउँपालिकाको वस्ती वस्तीमा पुगी प्रभु बैंक विहादी शाखाले वित्तिय साक्षरता अभियान सञ्चालन गरेको हो ।
सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिक संग बैंकको पहुंच बढाउन टोलटोलमा वित्तीय साक्षरता अभियान सुरु गरिएको प्रभु बैंक विहादी शाखाका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।
प्रभु बैंक विहादी शाखाले बित्तिय साक्षरता अभियानको क्रममा नागरिकहरुलाई बैंकमा खाता खोल्ने, बैंकीङ कारोबार गर्दा हुने फाईदा देखि सहुलियतपूर्ण ऋण तथा कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, महिला उद्यमी कर्जा सम्बन्धी जानकारी दिनुका साथै बित्तिय सँग सम्बन्धित सबै जानकारी गराएको छ ।
गाउँपालिकाका नागरिकहरुलाई लक्षित गरेर विहिबार देखि वित्तिय साक्षरता अभियान थालेको बैंकले वहाकीँ गेप्ताङ्ग, उराम, वहाकीँ लगाएतका वस्तीमा पुगी नागरिक तथा वहाकी सामुदायीक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई समेत आम्दानी, खर्च र बचत, ऋण के हो ? ब्याजदर कसरी निर्धारित हुन्छ ? किस्ता भनेको के हो ? बैंक तथा वितिय संस्थाहरूबाट लिने ऋण र व्यक्तिहरुबाट लिने ऋणको ब्याज संरचना कस्तो ? सहुल्यत ऋण कसरी पाईन्छ ? लगाएतमा बारेमा जानकारी गराएको छ । यो अभियान विहादी गाउँपालिकाका ६ ओटै वडाहरुका वस्ती वस्तीमा सञ्चालन गरिने प्रभु बैंक विहादी शाखाले जनाएको छ ।
प्रभु बैंक सधैँ जनाताको सेवामा समर्पीत रहेको भन्दै प्रभु बैंक विहादी शाखाका सञ्चालक सुर्य प्रसाद काफ्लेले बैंकको सेवा सुविधाबारे तथा कृषि तथा विपन्न वर्ग कर्जा सम्मको बिषय वस्तुबारे नागरिकलाई स्पष्ट पारिएको बताउनुभयो ।
वित्तिय साक्षरता अभियानले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन, सरकारले प्रदान गर्ने विभिन्न किसिमको भत्ताहरु बैंकहरुबाट सजिलै पाउन,बचत गर्ने बानीको विकास गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।
वित्तिय साक्षरता अभियान बाट बैंकका सेवा–सुविधा ,वचतको महत्व, बैंकबाट कर्जा लिन सर्वसाधारणलाई प्रोत्साहन गर्ने,आय र आम्दनीको निश्चित प्रतिशत वचतको लागि छुटाउने बानीको विकास गर्ने, बजारमा के–कस्ता कर्जा सुविधा छन्, त्यो सुविधा प्राप्त गर्न के–कस्ता प्रक्रिया पुरा गर्नुपर्छ, के–कति सेवा शुल्क, ब्याज तिर्नुपर्छ, कहाँबाट कर्जा लिँदा कति लागत पर्छ, चुक्ता गर्ने प्रक्रिया कस्तो छ लगाएतका बारेमा टेवा पुग्नेछ ।