निजामती सेवामा नयाँ रेकर्ड, सहसचिव बने पर्वतका ३२ वर्षे प्रदीप

निजामती सेवामा नयाँ रेकर्ड, सहसचिव बने पर्वतका ३२ वर्षे प्रदीप

  • Kanchan News

  • बुधबार, चैत्र ९, २०७८

  • 1.1K
    SHARES
निजामती सेवामा नयाँ रेकर्ड, सहसचिव बने पर्वतका ३२ वर्षे प्रदीप

प्रदीप परियार सम्भवतः निजामती सेवामा नयाँ रेकर्ड कायम गर्न सफल बनेका छन् । त्यो रकर्ड हो कान्छो, उमेरको सहसचिव  । २०४६ साल वैशाखमा जन्मेका उनी ३२ वर्षको उमेरमा सहसचिव बनेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत परियार खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन् ।  २ जनाको लागि खुलाइएको सहसचिव खुलामा प्रदीप र गुल्मीका सुरेश पन्थीको नाम लोक सेवा आयोगको ८ चैतको बैठकले सिफारिस गरेको हो ।

पर्वत फलेवास स्थायी ठेगना भएका परियारले निजामति सेवामा ९ वर्ष बिताएका छन् । १ वर्ष नायब सुब्बाको रूपमा काम गरेका उनीसँग पछिल्लो ८ वर्ष भने शाखा अधिकृतका रूपमा विभिन्न क्षेत्रमा बसेर काम गरेको अनुभव छ ।  अब भने उनले सहसचिवको रूपमा सेवा गर्नेछन्, सरकारले जहाँ खटाउँछ  त्यसै क्षेत्रमा बसेर ।

परिक्षण काल पूरा नगर्दै अधिकृत

निजामती सेवामा उनी २०६९ सालमा प्रवेश गरेका थिए । नायब सुब्बाकाे नतिजा आएकै वर्ष उनले शाखा अधिकृतमा पनि आवेदन दिएका थिए ।

निजामती प्रवेशको एक वर्ष परीक्षणकाल रहन्छ । तर परीक्षणकाल पनि पूरा नगर्दै उनी शाखा अधिकृत बन्न सफल भएका थिए । २०७० सालयता उनी शाखा अधिकृतको रूपमा कार्यरत थिए ।

सामान्य परिवार, पढाइमा मेहनती, छात्रावृत्तिबाटै पढाइ 

पर्वतको फलेवासमा सामान्य परिवामा जन्मिएका हुन् प्रदीप । उनका बुवा-आमा अहिले पनि गाउँमै खेतीकिसानी गर्छन् ।  उनका दाइ शिव परियार वन अधिकृतको रूपमा सरकारी सेवामा छन् ।

प्रदीपले माध्यमिक तहको शिक्षा फलेवासलकै सरकारी स्कुल भवानी विद्यापिठबाट पास गरेका थिए । १ देखि १० कक्षासम्मको पढाइमा उनी कहिल्यै दोस्रो हुनु परेन । आफ्नै महेनतले गर्दा उनले त्यसपछिकाे पढाइमा निरन्तर छात्रवृत्ति पाए ।

उनले शान इन्टरनेसनल कलेजबाट प्लस टु उत्तीर्ण गरे । स्नातक पब्लिक युथ क्याम्पस गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रवृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकाेत्तर हुन् ।

प्रदीपका सहकर्मीहरू उनको कामप्रतिको लगावलाई सम्मान गर्छन् । उनैसँगै शाखा अधिकृतमा नाम निकालेका अर्घाखाँचीका सरोज पोखरेलले प्रदीपसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सँगै काम गरेका थिए । ]

अहिले उपसचिवको रूपमा कार्यरत पोखरेल भन्छन्, ‘उहाँको कामप्रतिको लगाव अत्यन्तै सम्मान गर्न लायक छ, इमानदार र कामप्रति जवाफदेहिताको विषय उहाँबाट सिक्नुपर्ने पाठ हुन् ।’

प्रदीपसँग भेट भएलगत्तै छिट्टै माथिल्लो तहमा नाम निकाल्ने मूल्याङ्कन सरोजले गरेका थिए । ‘सिर्जनशील व्यक्ति र सकारात्मक सोच उहाँका विशेषता हुन्’, सराेजले भने, ‘उहाँको मेहनत हेर्दा नै मलाई लागेको थियो, उहाँले चाँडै माथिल्लो तहमा नाम निकाल्नु हुनेछ ।’

 

 

शिलापत्र बाट


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News