एनआरएनएको विश्व सम्मेलन आजबाट सुरु

एनआरएनएको विश्व सम्मेलन आजबाट सुरु

  • Kanchan News

  • मङ्लबार, चैत्र ८, २०७८

  • 142
    SHARES
एनआरएनएको विश्व सम्मेलन आजबाट सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा सम्मेलन आयोजना गरिएको छ ।

सम्मेलनको उदघाटन अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले गरेका छन् । प्रमुख संरक्षक शेष घलेले अर्थमन्त्रीसहित प्रतिनिधिहरु आफूलाई विश्वास गरेर उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको बताए । बोल्ड डिसिजन गरेर उपस्थित भएको भन्दै अर्थमन्त्री शर्माको प्रशंसा गर्ने क्रममा घलेले उनलाई भविष्यको प्रधानमन्त्री समेत भने ।कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पूर्वअध्यक्ष अनिल केशरी शाह लगायत उपस्थित छन् ।

अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि संरक्षक घलेले वर्तमान कार्यसमिति विघटन गरी उपाध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेका थिए । त्यसप्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले त्यसलाई रोक्न आदेश दिएको छ ।

पन्त पक्षधरले कुल आचार्य र बद्री केसीलाई आधा–आधा कार्यकाल अध्यक्ष बनाउन प्रस्ताव गरे पनि संरक्षक घलेले आफूलाई यस विषयमा जानकारी नभएको बताए । धेरै देशहरुबाट प्रतिनिधि आइसकेको भन्दै उनले निर्वाचनको काम अघि बढ्ने बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News