माओवादी बागलुङ नगर कमिटीका अध्यक्ष केसीले छोडे पार्टी

माओवादी बागलुङ नगर कमिटीका अध्यक्ष केसीले छोडे पार्टी

  • Kanchan News

  • सोमवार, चैत्र ७, २०७८

  • 143
    SHARES
माओवादी बागलुङ नगर कमिटीका अध्यक्ष केसीले छोडे पार्टी

बागलुङ-

उर्जाशलि उमेर माअ‍ोवादीमा खर्चिएकोमा पश्चात गर्दै नेकपा माओवादी केन्द्र बागलुङ नगरका अध्यक्ष इन्द्र केसीले पार्टीबाट त्याग्नु भएको छ ।
केसीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताको सावालमा खेलेको दोहोरो भूमिका र एमसीसी प्रकरणका कारण आजकै मितिदेखि माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।

उहाँले माओवादीले जनयुद्धमा उठाएको मुद्दा विर्सदै गएको आरोप लगाउदै नेता केसीले आफू माओवादी केन्द्रको राजनीतिमा दृणतापूर्वक उभिदै आएपनि पार्टी सिद्धान्त विपरित जान थालेपछि पार्टीबाट अलग हुँने निर्णयमा पुगेको बताउनुभयो ।

नेता केसीले आफू नेकपा माओवादीको सिद्दान्तबाट प्रभावित भई अहिले सम्म निष्टपूर्वक राजनीतिमा सक्रिय रहदै आएकोमा संकटपूर्ण अवस्थामा नेकपा माओवादी र एमाले एकिकरण भएर नेकपा बनेको भएपनि सिमित स्वार्थका कारण विभाजन भएको बताउनुभयो ।

आफू निरन्तर रुपमा माओवादीमै सक्रिय रहेपनि माओवादीले पुन वर्गसंर्घषको मुद्दालाई छोडेको आरोप लगाउनुभयो । ‘मेरो जीवनको उर्जाशिल दिनहरु यस पार्टीमा खर्चिएको कसैका लाभका लागि नभै समाज र परिवर्तनका लागि रहेको थियो, यस क्रममा म संग क्रियाशिल सबै सहयोद्दा कमरेडहरु प्रति मेरो कुनै गुनासो छैन’विज्ञप्तीमा भनिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News