रिडी , ७ चैत ।
तीन जिल्लाको संगम स्थल रिडीमा बनिरहेको एसियाकै एकमात्र तिनमुखे झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रिडी सँगम झाेलुँगे पुल नाम दिईएकाे तिनमुखे पुलकाे निर्माण कार्य हालसम्म उनान्सय (९९) प्रतिशत सकिएकाे र केही दिन भित्र सकिने पुलकाे काम पछिल्लो पटक हेरि रहेकाे जलप नेपाल प्राईभेट लिमिटेडका परियाेजना प्रवन्धक केदार ढुगेलले जानकारी दिए ।धार्मिक क्षेत्रकाे रुपमा परिचित पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगम रुरुक्षेत्रकाे रुरुधाममा पछिल्ला केही वर्ष देखि यहाँ धार्मिक पर्यटनका लागि प्रसिद्ध गन्तव्य बन्न सक्ने गरि यतिबेला सँरचनाहरु बनिरहँदा यहाँकाे तिनमुखे पुलले विशेष महत्त्व राख्छ ।
बिक्रम सम्वत २०७१ असार १० गते सम्झौता भई काम शुरुभएकाे याे परियाेजना काम शुरु भएकाे मितिले एक हजार पन्चानब्बे दिनमा सम्पन्न हुनु पर्ने थियाे तर झन्डै सात वर्षमा बल्ल याे पुल सम्पन्न हुने तयारीमा छ ।
शुरुमा नयाबाटाे रुबिना जेबिले सम्झौता गरेकाे याे परियाेजनालाई पछिल्लो पटक जलप नेपाल प्राईभेट लिमिटेडले लिएपछि निर्माण कार्य गतिलिएकाे हाे ।चौध कराेड छत्तिसलाख बाह्र हजार पाँचसय तेईस रुपैयाँकाे ईस्टिमेटकाे याे पुल नौ कराेड अठासीलाख छब्बीस हजार तिनसय बिस रुपैयाँमा टेन्डर भई काम शुरु भएकाे हाे ।
अघिल्लाे निर्माण कम्पनी बाट २०७५ सालकाे श्रावण महिनामा जलप नेपालले अख्तियार नामा लिई निर्माण कार्यकाे जिम्मा लिएपनि काेभिडकाे कारण र गतवर्ष कालिगण्डकीमा आएकाे बाढिले निर्माणका लागि लठ्ठामा क्षति पुर्याएपछि वाध्यतावस निर्धारित समय भन्दा दुईवर्ष पछि पुल सम्पन्न हुने अवस्थामा छ ।
झोलुङ्गे पुलकाे पाल्पा र गुल्मी क्षेत्रको काम सकिएकाे छ । स्याङ्जा तिरकाे भागमा अत्यधिक पहिरो जानुका साथै काम गर्न समेत गाह्रो भएपछि काममा ढिला भएको नजाइएको छ ।
याे पुलकाे सँरचनामा कालिगण्डकी नदि र रिडीखाेलाकाे सँगममा पच्चीस मिटर अग्लाे टावर निर्माण भएकाे छ जुन नौमिटर गाेलाईमा साततला रहेकाे छ । यहि टावरमा बिचबाट भर्याँग राखिएकाे छ र माथिल्लो तलाबाट याे क्षेत्रकाे अवलाेकन गर्न सकिने गरि भ्युटावर हुनेछ ।
यहि टावरबाट स्याङ्जाको किपट गुल्मीकाे रिडी बजार र पाल्पाको ऋषिकेश क्षेत्रमा पुग्ने गरि तिन जिल्लालाई जाेड्ने गरि हरेक तिर एक सय सतहत्तर दशमलव चार मिटरका झाेलुँगे पुलहरु निर्माण भएका छन ।
चौवालीस एमएम डाएलकाे चार मेन केवल सँगै स्टिल डेक र वाक वे बिम पुलमा प्रयाेग भएकाे निर्माण कम्पनी जलप नेपाल चितवनले जनाएकाे छ ।
पुलकाे उनान्सय प्रतिशत काम सकिँदै गर्दा पुल हेर्न आउने आन्तरिक र वाह्य पर्यटक पनि तेत्तिनै रुरुक्षेत्रमा आउन थालेका छन । कालिगण्डकी स्नान पछि ऋषिकेश दर्शन र त्यसपछि पुलकाे अवलाेकन सेल्फि सँगै फाटाे खिच्नेकाममा पर्यटक हरुकाे आकर्षण बढेकाे स्थानीयको भनाइ छ ।
दैनिक चार देखि पाँच बस आन्तरिक पर्यटक रुरुधाममा आउने र जस्ले गर्दा हाेटल पनि भरिभराउ हुने गरेको हाेटल ब्यवसायी नारायण ज्ञवालीले बताए ।
रुरुक्षेत्र हुँदै मुक्तिनाथ सम्म पुग्ने कालिगण्डकी करिडाेर ,यहिक्षेत्र बाट मदन भण्डारी राजमार्ग ,पाेखरा शुर्खेत लगाएतका क्षेत्रका साथै ढाेपाटन लगाएतका पर्तटकिय क्षेत्रमा जाने सडक सँरचाना बनिरहँदा र रिडीकै कायापलट हुने गरि रुरुधाम बृहत्तर परियाेजनाकाे निर्माण कार्य पनि जारी रहँदा रुरुधाम धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्नेमा दुईमत छैन ।